Subscribe Twitter FaceBook

Pages

Wednesday, July 20, 2016

क्रिश्चियन धर्म प्रचार गर्ने बालगृह सञ्चालक पक्राउ

Advertisements:

wooden rosary on the open Bible५ साउन, चितवन । चितवनमा विना दर्ता र जरबजस्ती क्रिश्यन धर्म प्रसार गरेको भन्दै एक बालगृहका सञ्चालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।


जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिईएको निर्देशन अटेर गरेपछि बालगृह सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला सदरमुकाम भरतपुर उपमहानगरपालिका वडा नं. १० ढुंगानाचोकबाट पिस नेपाल नामको बालगृह सञ्चालन गरिरहेका सञ्चालक प्रतिक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।


‘विगत दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त बालगृह दर्ता नभएको र जरबजस्ती बाईबल  बालबालिकालाई दिएको पृष्टि भएपछि पक्राउ गरेका हौं’ उपरीक्षक कुँवरले भने ।


मंगलबार दिउँसो ४ बजे सुनारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान समेत भैरहेको उनले बताए । पक्राउ परेका सुनारलाई मुलुकी ऐनको अदलको महल अन्तरगत  मुद्धा चलाउने अन्तिम तयारी समेत भएको  उनले बताए ।

पिस नेपाल विगत दुई बर्षदेखि दर्ता नै नगरी सञ्चालन गर्दै आएकेा समेत पाईएको उनको भनाइ छ ।


कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने ८ जना बालबालिका पिसनेपालमा रहेका छन् ।


जिल्लाका बालगृहमा पटकपटक अनुगमन गर्दा क्रिश्चियन धर्मको प्रचार, क्षमता भन्दाबढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभाव लगायतका समस्या अनुगमनमा पाईएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।


केही बालगृहहरु मापदण्ड विपरित सञ्चालन भएको, तोकिएको भन्दा बढी बालबालिका राखिएको, अनाथ बालबालिका भनेर बुबाआमा भएका बालबालिका राखिएको, बालगृह सञ्चालन निर्देशिका बमोजिम कागजपत्रहरु नभएको लगायतका समस्याहरु देखिएको उनले बताए ।


जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् । जस मध्ये धेरै गृहमा विभिन्न खालका समस्या छ ।  अन्य त्यस्ता अटेरी बालगृहका सञ्चालकलाई पक्राउ गरी कारवाही थालिने प्रजिअ सिंहले बताए ।



क्रिश्चियन धर्म प्रचार गर्ने बालगृह सञ्चालक पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts