Subscribe Twitter FaceBook

Pages

Monday, July 18, 2016

रामकुमारीले मौनता तोडिन्, भन्छिन्, डा. केसीको बालहठलाई समर्थन गर्न सक्दिँन

Advertisements:

२ साउन, काठमाडौं । रामकुमारी झाक्रीले डा. गोविन्द केसीको अनसनबारे आफ्नो मौनता तोडेकी छन् र मनमोहन स्मृति शिक्षण अस्पतललाई रोक्न बालहठ देखाएको टिप्पणी गरेकी छन् ।


Ramkumari-Jhakriआफूलाई बारम्बार डा. केसीको अनसनबाट प्रश्न आएको भन्दै उनले फेसबुकमार्फत धारणा सार्वजनिक गरेकी छन् । आफू सिद्धान्तत उदारीकरण र निजीकरण्नाको विरोधी भएको भन्दै उनले शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ भनेर मनमोहन अस्पताल खोल्ने बेला आफू मौन बसेको बताइन् ।


तर, डा. केसीले पनि निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा हातहाल्न लिनु हुन्न नभनेको भन्दै उनले भनेकी छन्, उनको बालहठ त काठमाडौंमा सञ्चालन अनुमति प्राप्त गर्न लागेको मनमोहन स्मृति शिक्षण अस्पतल जसरी पनि हुन नदिने बदनीयतपूर्ण ढंगले लागेको देखियो ।’


देशमा कम्युनिष्ट नेताको नाममा केही गर्न नभएको भन्दै उनले यो देश कांग्रेसको मात्र विर्ता हो भनेर प्रश्न गरेकी छन् ।

मनमोहन सहकारीमा आफू नभएको तर, सबै एमाले नभएको भन्दै उनले एउटा मान्छेको सनकको भरमा राज्य चल्न नहुने बताएकी छन् ।


उनले भनेकी छन्, गोविन्द केसीको मागको बुँदा नम्बर ३ हटाउन तयार छन् भने समर्थन गर्ने नगर्ने सोचुँला । अन्यथा उनको बालहठलाई कुनै हालतमा समर्थन गर्न सक्दिँन ।’


ramkumari_status_kc


 



रामकुमारीले मौनता तोडिन्, भन्छिन्, डा. केसीको बालहठलाई समर्थन गर्न सक्दिँन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts