Subscribe Twitter FaceBook

Pages

Wednesday, July 20, 2016

‘मस्ती’ गर्न हिरोइन मिलाइदिन्छु भन्दै लुट्नेहरु पक्राऊ

Advertisements:

५ साउन, काठमाडौं । ठमेलमा आउने विभिन्न व्यक्तिहरुलाई ‘मस्ती’ गर्न हिरोइनहरु मिलाइदिन्छु भनेर प्रलोभनमा पार्ने र लुटपाट गर्ने ट्याक्सी चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।



arrestedसोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार विभिन्न डान्सबार तथा रेष्टुरेन्टबाट निस्किएकाहरुलाई ट्याक्सीमा राख्ने र हिरोइनहरुसम्म पुर्‍याइदिन्छु भन्दै एकान्तमा लगेर लुट्ने कार्यमा संलग्नहरु पक्राउ परेका हुन् ।


एकान्तमा लैजाने र नशालु पदार्थ खुवाएर लुट्ने कार्यमा संलग्न ट्याक्सी चालक अनिल तामाङ र दलाली गर्ने सन्जिब बोहोरालाई पक्राउ गरेको डिएसपी राठौरले जानकारी दिए ।


आफूसँग ५० हजार रुपैयाँ लुटेको भन्दै मनोज गौतमले दिएको उजुरीको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।


यसैबीच लुटपाट गरेको अभियोगमा बौद्ध तिनचुले बस्ने सोलुखुम्बु बेनी-८ घर भएका २६ वर्षीय छिरिङ शेर्पा र ओखलढुङगा जन्तरपानी घर भएका २१ वर्षीय नुरी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।


बा ५२ प ७९४५ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मंगलबार बौद्ध रामहिटीमा सोलुखुम्वु तातोपानी घर भई हाल बौद्ध रामहिटी बस्ने ३४ वर्षीय फुर्वा शेर्पाको नगद १ लाख रुपैयाँ लुटपाट गरेका थिए ।


महानगरीय प्रहरी बृत्त बौद्धबाट खटीएको टोलीले उनीहरुलाई भाग्दै गरेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको हो ।



‘मस्ती’ गर्न हिरोइन मिलाइदिन्छु भन्दै लुट्नेहरु पक्राऊ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts