Subscribe Twitter FaceBook

Pages

Monday, July 18, 2016

अनशनप्रति मधेसी चिकित्सक संघको असहमति

Advertisements:

Dr.-Govind-KC,-Teaching-Hospital


३ साउन, काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न माग राखी सुरु भएको डा. गोविन्द केसीको अनशनप्रति मधेसी चिकित्सक संघले असहमति जनाएको छ ।



संघका अध्यक्ष डा. सञ्जीव झाले आज विज्ञप्ति जारी गरी डा. केसीले स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयका साथै राजनीतिक माग समेत राखेको भन्दै त्यसप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


डा. केसी स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विगतमा सरकारसँग भएका सम्झौताको कार्यान्वयन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग समेत राखेर विगत नौ दिनदेखि आमरण अनशनमा छन् ।


‘डा. केसीले चिकित्सा क्षेत्रको सुधारको मागको आवरणमा पटक–पटक अनशन बसिरहँदा र राज्यलाई अवाञ्छित दबाब दिइरहँदा मुलुकको स्वास्थ्य क्षेत्र बदनाम, प्रतिष्ठाहीन र धराशायी बन्दै गएको निष्कर्ष यस संस्थाको रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।


सरोकार नभएका क्षेत्र समेतलाई मुछि समग्र राज्य व्यवस्थालाई बन्धक बनाउने प्रकृतिका माग राखी सुरु गरिएको अनशनप्रति संघले असहमति जनाएको छ । डा. केसीको अनशनप्रति स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र पक्ष र विपक्षमा विभाजित बन्दै गएको छ ।




अनशनप्रति मधेसी चिकित्सक संघको असहमति
Advertisements:

0 comments:

Post a Comment

Recent Posts