Subscribe Twitter FaceBook

Pages

Tuesday, July 19, 2016

सिद्धूले दिए राजीनामा, आपको नेता बन्ने सम्भावना

Advertisements:

sidhu


३ साउन, काठमाडौं । नवजोत सिंह सिद्धू क्रिकेट कमेन्ट्री र कमेडी नाइट विथ कपिलका कारण धेरै चर्चित छन् । तर, उनी भारतीय जनता पार्टीका नेता पनि हुन् ।


भाजपाको तर्फबाट राज्यसभा सदस्य रहेका उनले सोमबार राजीनामा दिएका छन् । र, उनको राजीनामा राज्यसभाका अध्यक्षले स्वीकार गरेका छन् ।  सिद्धू पञ्जाबमा आम आदमी पार्टीको नेता बन्ने सम्भावनाको चर्चा सुरु भएको छ । तर, उनले अहिलेसम्म औपचारिक रुपमा भाजपा छाडेका छैनन् ।


२०१४ को लोकसभा चुनावपछि सिद्धू भारतीय जनता पार्टीको नेतृत्वसँग असन्तुष्ट देखिएका थिए । उनको असुन्तुष्टि अमृतसरबाट लोकसभाको टिकट काटेका कारण सुरु भएको थियो ।


भाजपाले वित्तमन्त्री अरुण जेटलीलाई चुनाव लडायो । सिद्धूको असन्तुष्टिको असर यस्तो देखियो कि देभर मोदीको हलर चलेपनि जेटली कांग्रेस उम्मेदवारसँग चुनाव हारे ।


सिद्धूले जेटलीको चुनाव प्रचार बहिस्कार गरेका थिए । र, उनी पार्टीमा उपेक्षामा पनि परे । त्यसपछि उनी राजनीति कम र कपिल शर्माको कमेडी शोमा बढी केन्द्रीत भए ।


सिद्धू अर्को पार्टीमा जाने हल्ला पनि नचलेको होइन । तर, भारतीय जनता पार्टीले उनलाई राज्यसभाको सदस्य मनोनित गर्‍यो । भापजाले विधानसभा चुनावलाई हेरेर सिद्धूलाई फकाउने प्रयास गरेको छ । तर, उनी भने नयाँ पारीको तयारीमा छन् ।



सिद्धूले दिए राजीनामा, आपको नेता बन्ने सम्भावना
Advertisements:

0 comments:

Post a Comment

Recent Posts