Subscribe Twitter FaceBook

Pages

Friday, July 8, 2016

मोदीका ७२ मन्त्री करोडपति, २४ विरुद्ध अपराधिक मुद्धा

Advertisements:

Modi-cabinet



नयाँदिल्ली । हालैको विस्तारपछि मोदी मन्त्रिमण्डलको सदस्य संख्या ७८ पुगेको छ, जसमा ७२ करोडपति छन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र ५ मन्त्रीलाई हटाएर १९ जना नयाँ नियुक्त गरेका थिए ।


भारतको नेशनल इलेक्शन वाच र एसोसिएसन फर डेमोक्रेछिटक रिर्फमले सबै मन्त्रीहरुले दिएको शपथ पत्रका आधारमा केही रोचक आँकडा सार्वजनिक गरेको छ ।


जस अनुसार ७८ मन्त्री मध्ये ७२ जना करोडपति छन् । सबैभन्दा सम्पत्ति एमजे अकबरसँग छ । उनको सम्पत्ति ४४. ९० करोड भारु छ । पीपी चौधरीसँग ३५.२५ करोड र विजय गोलयसँग २९.९७ करोड सम्पत्ति रहेको देखिएको छ ।


मोदी मन्त्रिमण्डलका नौमन्त्रीको सम्पत्ति ३० करोडबढी छ, जसमा अरुण जेटली समेत पर्छन् ।  सबैभन्दा कम सम्पत्ति भएका मन्त्री अनिल माधव दवे हुन् । र, उनको सम्पत्ति ६०.९७ लाख छ ।


मन्त्रिमण्डलमा नौ महिला छन्, जसमध्ये ३३ वर्षीया अनुपि्रया पटेल सबैभन्दा युवा मन्त्री हुन् ।


नयाँमन्त्री मध्ये सातविरुद्ध अवराधिक मामिला छन् । जजसमा तीनविरुद्ध हत्या प्रयास, सम्प्रदायिक सदभाव भड्काएको र चुनावी हिंसासँग जोडिएका गम्भीर आरोप छ ।


कुुल ७८ मन्त्रीमध्ये २४ विरुद्ध अपराधिक मुद्धा छ ।



मोदीका ७२ मन्त्री करोडपति, २४ विरुद्ध अपराधिक मुद्धा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts