Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

चिकित्सा शिक्षासम्वन्धी विधेयकलाई सैद्धान्तिक सहमति, शूल्क तोक्न समिति गठन

Advertisements:

२६ असार, काठमाडौं । मन्त्रिपरिषदले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ । साथै शूल्क निर्धारण गर्न समिति गठन गरेको छ ।


Pm-officeमन्त्रिपरिषद्को आइतबरको बैठकले चिकित्सा शिक्षा आयोगको सुझावका आधार तयार पारिएको विधेयकलाई अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो ।


यो विधेयकले डा. गोविन्द केसीले उठाएका अधिकांश माग पुरा गर्न शिक्षा मन्त्रालयको दाबी छ । डा. केसीले भने विगतका प्रतिवद्धता कार्यान्वयन लगायतका माग राख्दै आइतबार नै अनसन सुरु गरेका छन् ।


साथै एमबीबीएस लगायतको शूल्क निर्धारण गर्न शिवकुमार राईको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा काठमाडौं विश्वविद्यालयका राजेन्द्र कोजू, डा. भोला रिजाल, त्रिभुवन विश्वविद्यालय र चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन, जगदिशचन्द्र अग्रवाल, महेश गुरागाई र शिक्षा सहसचिव छन् ।


०००



चिकित्सा शिक्षासम्वन्धी विधेयकलाई सैद्धान्तिक सहमति, शूल्क तोक्न समिति गठन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts