Subscribe Twitter FaceBook

Pages

Sunday, July 17, 2016

नयाँ सरकारमा एमालेलाई पनि सामेल गरौंः कर्ण

Advertisements:

२ साउन, भक्तपुर । नयाँ सरकार गठबन्धनमा लागेका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले ओली सरकारको बहिरगमन पश्चात नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नरहेको बताएका छन् ।


Laxmanlal-Karnaरफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कारा सदभावनाका सहअध्यक्ष कर्णले ओली सरकारले मधेसका मागलाई टुक्कामा सीमित पार्दै कुनै सम्बोधन नगरेकाले नयाँ सरकार गठन हुन लागेको बताए । उनले कांग्रेस र माओवादी गठवन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने तर, सरकारमा नजाने बताए ।


उहाँले मधेसवादी दलहरु एमालेको विरोधी नभएको प्रष्ट्याए । आफूहरु ओली प्रवृत्तिको मात्रै विरोधी रहेको कर्णले बताए । नयाँ बन्ने सरकारमा एमालेलाई समेत सामेल गर्दा राम्रो हुने उनले सुझाव दिए ।


दक्षिणको छिमेकीलाई गाली नगरे खाना नपच्ने रोगकै कारण नेपाल र भारतबीचको सम्बन्ध बिगि्रएको उनले दाबी गरे । त्यसमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले थप मलजल गरेको आरोप नेता कर्णले लगाए । भारतको भरमा मधेस आन्दोलन भएको भन्ने आरोपको समेत उनले खण्डन गरे ।


ओलीले राजीनामा दिनुपर्छः विश्वकर्मा


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मिन विश्वकर्माले वर्तमान केपी ओली नेतृत्वको सरकारका समर्थकहरुले नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको भनेर फैलाएको हल्ला गलत भएको दाबी गरे ।


उनले ओली सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए । अल्पमतमा परिसकेकाले ओलीले राजीनामा दिनुमै हित रहेको विश्वकर्माले बताए ।


उनले संसदबाट अविश्वासको प्रस्ताव पारित हुने र नयाँ सरकार गठन हुने सत्यलाई कसैले रोक्न नसक्ने जिकीर गरे ।



नयाँ सरकारमा एमालेलाई पनि सामेल गरौंः कर्ण
Advertisements:

0 comments:

Post a Comment

Recent Posts