Subscribe Twitter FaceBook

Pages

Tuesday, July 5, 2016

मोन्टे कार्लोले समर सेलमा ३० प्रतिशत छुट दिँदै

Advertisements:

IMG_0255

२१ असार, काठमाडौं । प्रख्यात फ्रान्सेली फेसन ब्रान्ड ‘मोन्टे कार्लो’ ले आफ्ना शो-रुमहरुमा समर सेल सुरु गरेको छ । दबारमार्ग र सिभिल मलमा रहेको आफ्नो आउटलेटबाट मोन्टे कार्लोले सेल अफर सुरु गरेको हो । सबै आइटमहरुमा ३० प्रतिशत छुट सहितको अफर आजैदेखि लागू भएको छ ।


यो ब्राण्डको शो-रुम करिव ७ वर्षअघि सिभिल मलमा पहिलो आउटलेट खुलेको थियो । नेपालमा जम्बो क्रियसन एण्ड फेसनले ‘मोन्टे कार्लो’का उत्पादन बिक्री गर्दै आएको छ ।


विश्वभर ख्याती कमाएको फेसन ब्रान्ड मोन्टे कार्लो नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । अहिले मोन्टे कार्लोका नियमित ग्राहकहरु उच्च दरमा बढ्ने क्रममा म्यानेजर निस्सी शर्माले बताउँछिन् ।


ऊनीका स्वीटरमा मोन्टे कार्लो प्रख्यात मानिन्छ । मान्टे कार्लोका स्वीटरमा शत प्रतिशत ऊन प्रयोग गरिन्छ ।  सोरुममा टिसर्ट, सर्ट, ट्रयाकसुट, ट्राउजर, पाइन्ट, ज्याकेट, हुड, जम्पर, र्फमल पाइन्ट, लगायत रहेका छन् ।


महिलाका लागि कुर्ती, कुर्ती सेट, ट्रयाकसुट, ज्याकेट, लङकोट, हुड, फुल स्लिप टिसर्ट, जम्पर, स्वेटर, लेगिन्स लगायतका कपडाहरु मोन्टेकार्लोले बेच्ने गरेको छ ।


IMG_0266

मोन्टे कार्लोका यी सबै कपडाहरु भारतको लुदियानामा रहेको उद्योगबाट आयात गरिँदै आएको छ । नेपालमा मोन्टे कार्लोका ग्राहक मध्यम तथा उच्च वर्गका हुने गरेका छन् । न्यूनतम १२ सय रुपैयाँदेखिका फेसन आइटमहरु शो-रुममा छन् । सेल अफरमा ति सकै आइटममा ३० प्रतिशत छुट दिइएको छ ।


मोन्टे कार्लोका लुगाहरु गुणस्तरीय मानिन्छ । लुगाहरु तन्किने, खुम्चिने, भुवा आउने, रङ जाने लगायतका समस्या नभएको म्यानेजर शर्माको दाबी छ ।



मोन्टे कार्लोले समर सेलमा ३० प्रतिशत छुट दिँदै
Advertisements:

0 comments:

Post a Comment

Recent Posts