Subscribe Twitter FaceBook

Pages

Tuesday, July 12, 2016

सरकार गठनमा सघाउन प्रचण्डले राखेको प्रस्ताव देउवाद्वारा अस्वीकार

Advertisements:

sherbahadur-prachanda


२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहयोग मागेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले हन्न भन्ने जवाफ दिएका छन् ।


प्रधान्यायाधीशको सपथमा सहभागी भएर सिंहदरबार पुगेका दुई दलका नेताहरुबीच कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।


बैठकमा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग मागेका छन् । ‘हामीलाई यस्तै प्रस्ताव केपी शर्मा ओलीले पनि राखेका थिए । हामीले हुन्न भन्यौं’ भेटमा सहभागी कांग्रेस नेता रमेश लेखकले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्डजीलाई पनि अहिले तपाई किन सहयोग गर्ने ? हुन्न भनेका छौं ।’


माओवादीको पोलिटब्यूरो बैठकमा हालै मात्र राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यस अनुसार नै माओवादी नेताहरु कांग्रेस नेतृत्व कहाँ पुगेका थिए ।


तर, कांग्रेस सहमतीय नभई बहुमतीय सरकार गठनको पक्षमा देखिएको छ । कांग्रेसले प्रमुख दुई दल एमाले र कांग्रेस सरकारमा बस्न नसक्ने बताएको छ । यसको अर्थ एमाले वा केपी ओलीसँग कुनै दुश्मनी नभएको भन्दै नेताहरुले दुई ठूला दल मध्ये एउटा सत्तामा भए अर्को प्रतिपक्षमा रहने पार्टी नीति रहेको बताएका छन् ।


कांग्रेसले यघि वैशाख चौथो साता भएको सरकार परिर्वतनको प्रयासमा प्रचण्डलाई साथ दिएको थियो । तर, बहुमतीय सरकार गठनको उक्त प्रयासबारे प्रचण्ड पार्टीभित्रको दबावका कारण पछि हटेका थिए ।



सरकार गठनमा सघाउन प्रचण्डले राखेको प्रस्ताव देउवाद्वारा अस्वीकार
Advertisements:

0 comments:

Post a Comment

Recent Posts