Subscribe Twitter FaceBook

Pages

Saturday, July 9, 2016

सिड्नीमा भद्रगोल टिमको बेजोड प्रहसन

Advertisements:

pande-and-jigri

सिड्नीमा  रहेका नेपालीहरू यति ब्यस्त छन् कि हतपत फूर्सद नै मिल्दैन । दिल फूकाएर उनीहरू हाँसेको निकै कम देखिन्छ र सुनिन्छ ।


तर, शनिबार माहौल यस्तो भैदियो कि धीत मरून्जेल हाँसे सिड्नीबासी नेपालीहरू । उनीहरूको मुहारमा हाँसोको फोहोरा ल्याएको थियो चर्चित नेपाली हांस्य सिरियल भद्रगोलको समूहले । साथमा थिए रून्चे गायक पनि।


‘हामी कार्यक्रमको आयोजना गर्न सफल भयौं। कार्यक्रम हेर्न आउनु भएका नेपाली दर्शकहरू खुशी भएर जानुभयो । हामीलाई पुग्यो’ अष्ट्रेलियामा भद्रगोल कार्यक्रमका आयोजक आरकेएसका रबिन्द्रकुमार शर्माले दंग पर्दै भने ।


मेलबर्न, बिजबेन र तास्मानिया पछी कलाकारहरूको टोली शनिबार सिड्नीको स्टेजमा उत्रिएको थियो । टोलीमा थिए भद्रगोलको चर्चित पात्र पाँडे अर्थात अर्जुन घिमिरे , कुमार कट्टेल  (जिग्री), हरि निरौला (कक्रोज) र सागर लम्साल (बले) को साथमा रून्चे गायकका रूपमा चिनिने प्रकाश पौडेल ।


bale-and-cokroge

सबै खाले दर्शकहरूलाई मनोरन्जन गराउन पाएकोमा कलाकारहरू पनि कम खुशी थिएनन्। । उनिहरू भन्दै थिए, ‘सामाजिकदेखि राजनीतिक लगायत हरेक ब्यंग्यमा आएको ताली र हाँसोले उर्जा मिल्यो ।’


पर्दामा देखिएका कलाकारहरूलाई आँखा अगाडि देख्न पाउँदा सिड्नीबासी नेपालीहरू पनि निकै खुशी देखिए भने महंगा नेपाली चलचित्रहरू अष्ट्रेलियामा ल्याउने खिलेन्द्र तिम्सिना अब कलाकारहरूको जम्बो टोली ल्याएर कार्यक्रम सफल बनाउन सकिन्छ भन्ने आत्म बिश्वास बढेको कुरा बताउँछन् ।


कार्यक्रम हेर्न आईपुगेका चलचित्र नाई नभन्नु ल -४ का निर्माता दिनेश पोखरेल भन्दै थिए ‘साँच्चै आज नयाँ र नौलो स्वादको कार्यक्रम हेर्न पाउँदा मन नै फूरूंग भएको छ ।’



सिड्नीमा भद्रगोल टिमको बेजोड प्रहसन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts