Subscribe Twitter FaceBook

Pages

Sunday, July 17, 2016

मुगु सदरमुकाम तीनदिन देखि अन्धकारमा

Advertisements:

pahiro२ साउन, मुगु ।   भीषण वर्षसँगै आएको बाढी र लेदोका कारण गमगढी साना जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द भएको छ ।


असार ३० र ३१ गते परेको भीषण वर्षाका कारण  विद्युत गृहम बन्दहुादा   मुगु जिल्लाको सदरमुका गमगढी बजार र आसपासका वस्तिहरु तीन दिनदेखि अन्धकार भएका छन् ।


बर्षापछि बढेका खोलानाला हरुले मानिसहरुलार्इ ओहोर दोहोर गर्न बाधा पुर्याउनका साथै कतिपय ठाँउमा लगाएको बर्षे वालीलार्इ समेत खोलाले कटान गरेर नोक्सान समेत पुर्याएको छ ।  लामो र भीषण बर्षाले मुगु जिल्लाका कतिपय वस्तिहरुमा घरहरु समेत जोखिमा परेका छन् ।


विद्युत आपुर्ति नहुदा सदरमुकामका कतिपय कार्यालयहरुमा कम्प्युटर संचालन नहुदा गत आर्थिक बर्षको हिसाव किताव र खाता बन्द गर्न समेत कठिन भएको छ ।  विधुत नहुँदा गाऊँ बाट नागरिकता लगाएतका विभिन्न कामले आएका सेवाग्राहि समेतको काम नबन्दा लामो समय गमगढी बस्न पर्ने बाध्यता भएको छ ।


बर्षा रोकिएर पानी संङ्लो नभए सम्म नियमित विधुत आपुर्ति गर्न नसकिने कुरा गमगाढ जल विधुत आयोजनाका लाइन म्यान काली बहादुर महतले बताए ।



मुगु सदरमुकाम तीनदिन देखि अन्धकारमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts