Subscribe Twitter FaceBook

Pages

Wednesday, July 6, 2016

नेपालको पर्यटनमा सघाउन भारत तयारः भारतीय राजदूत

Advertisements:

Rey pkr ma boldai२२ असार, पोखरा । भारतीय राजदुत रणजित रायले नेपालको पर्यटन विकासका लागि शिक्षा र स्वास्थ्यलाई आधार बनाउनुपर्ने बताएका छन् ।


नेपाल भारत मैत्री संघले सोमबार पोखरामा आयोजना गरेको ‘पर्यटन विकासमा नेपाल भारतको सम्बन्ध’ बिषयक अन्तरकृयामा बोल्दै यस्तो बताएका हुन् ।


उनले भने,-‘नेपाल सुन्दर देश हो, यहाँ आउन विदेशीहरु लालयीत छन्, त्यसैले नेपालका पर्यटकीय क्षेत्रहरुमा अन्र्तराष्ट्रिय स्तरको उच्चस्तरीय स्कुल बनाएर विदेशी विद्यार्थीहरुलाई अध्ययन गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ भने उच्चस्तरीय अन्र्तराष्ट्रिय अस्पतालहरु बनाएर उपचार गर्न नेपाल आउने बनाउन सकिन्छ ।’ भारतमा पनि यस्ता स्कुल, कलेज र अस्पतालहरु बनाएर युरोप अमेरिकाका विद्यार्थी र विरामी ल्याउने गरिएको भन्दै त्यसलाई नेपालमा पनि प्रयोग गर्न सकिने उनको भनाइ थियो ।


नेपाल पर्यटनको विशाल सम्भावना बोकेको देश भएको बताउँदै उनले यहाँको हिमाल, पहाड, वन, ताल तलैया र धार्मिक स्थानको प्रबर्द्धनमा जोड दिनुपर्ने आवश्यक्ता समेत आैंल्याए । उनले खेल पर्यटनको माध्यमबाट पनि पर्यटक भित्राउन सकिने बताए । उनले भने,-‘म डेढ वर्षअघी राजदुत भएर नेपाल आउँदा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भन्ने सुनेको थिएँ, खै त्यो कहाँ पुग्यो ? यदि त्यस्तो खालको कुनै योजना र प्रोपोजल भए लिएर आउनुस, भारत सघाउन तयार छ ।’


पोखरासहित नेपालको दिगो पर्यटनको विकास हुने गरी कुनै योजनाहरु भएको खण्डमा उक्त प्रस्ताव भारत सरकार समक्ष पेश गर्न आग्रह गर्दै उनले भारतले नेपालको पर्यटनको विकासको लागि सहयोग गर्ने वचन समेत दिए ।


भारतीय राजदुत रायले काठमाण्डौं-दिल्ली सडक मार्ग हुँदै वस सेवा संचालन भईसकेको र असार २७ गतेदेखी पोखरा-दिल्ली वस सेवा समेत संचालन गर्ने तयारी गरेको उनले जानकारी दिए ।


उनले भारतीय पर्यटक नेपाल ल्याउने हो भने नेपालको नीतिमा समेत परिवर्तन गर्न आवश्यक रहेको औंल्याए । उनले भने,-‘नेपाल र भारतमा दुवै तर्फका सवारी साधनहरु बिना परमिट आउजाउ गर्न सक्ने हुनुपर्छ, अहिले भारतीय गाडी बिना परमिट नेपाल आयो भने पक्राउ गरेर गाडी नै लिलाम गर्छन्, यसले गर्दा समस्या छ, गाडी नै लिलाम गर्‍यो भने को आउँछ यहाँ ? त्यसैले यस्ता कुराहरुमा सुधार गर्नुपर्छ ।’


भारतीय राजदुत रायले पोखराको फेवाताल वरीपरी राउण्ड ट्रयाक बनाउनुपर्नेमा जोड दिदै त्यसका लागि सहयोग आवश्यक परेमा भारत सहयोग गर्न तयार रहेको बताए । उनले फेवाताल कुरुप बनाउने जलकुम्भी झार निमिट्यान्न पार्ने मेसिन आवश्यक भएपनि त्यसलाई महङ्गो पैसा तिरेर खर्चिलो बनाउनुभन्दा ६ महिना वा १ वर्षसम्मको लागि भाडामा ल्याएर काम गर्न सुझाव दिए । त्यसका लागि पनि सहयोग चाहिए लिखित प्रस्ताव ल्याउन उनले आग्रह गरे ।


कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको पर्यटन प्रवर्द्धन गर्न भारतीय पर्यटकहरुलाई आकषर्ण गर्न सिद्धार्थ राजमार्गलाई ६ लेन वनाउनु पर्नेमा जोड दिए ।


सभासद शारदा पौडेलले नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्धलाई पर्यटनको माध्यमबाट आर्थिक थप मजबुत पार्नुपर्ने बताईन् ।


पोखरा पर्यटन परिषदका सल्लाहकार तथा उपप्राध्यापक श्रीकान्त खतिवडाले सडक मार्ग तथा हवाई मार्गको सहज पहँुच पुर्‍याउन सके दुबै देशको पर्यटनको विकास हुने बताए ।


संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।



नेपालको पर्यटनमा सघाउन भारत तयारः भारतीय राजदूत
Advertisements:

0 comments:

Post a Comment

Recent Posts