Subscribe Twitter FaceBook

Pages

Sunday, July 17, 2016

मुगुमा बाढीले बगाएर एक बेपत्ता

Advertisements:

Mugu


२ साउन, मुगु गएको दुई दिनदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले बगाएर मुगुको पूर्वी गाविस माग्रीमा १ जना बेपत्ता भएका छन् । बाढीले थुप्रै पशुचौपाय मरेका छन् ।


भीषण बर्षापछि माग्रीको चिमाथ खोलामा आएको बाढीले स्थानीय १७ बर्षीय पुष्कर भाम र १८० भन्दा बढी भेडाहरु बेपत्ता भएको कर्णाली बिकास आयोगका सदस्य तथा छाइल गाउाका अगुवा पूर्णबहादुर रोकायले जानकारी दिए ।


बर्षाले माग्रीका पाापु, चिमाथ, च्याप्ने लगायतका खहरे खोलाहरुमा एक्कासी भेल बढेपछि मानिस लगायत पशुचौपायलाई समेत असर गरेको हो ।


बाढीले खोला किनारका घरहरुमासमेत क्षति पुर्‍याएको छ । खोला काठेपुलहरु बगाउादा एक अर्को गाउामा सम्पर्क बिच्छेद भएको छ ।


चिमाथ खोलाको बाढीले कर्णाली नदीमा पानीको सहत बढ्दा छाइल बजारका ३ घर बगाएको छ भने सिंगो बजार कटानको जोखिममा छ ।



मुगुमा बाढीले बगाएर एक बेपत्ता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts