Subscribe Twitter FaceBook

Pages

Thursday, July 7, 2016

एनआरएन युरोपेली सम्मेलनका लागि, महिला फोरमको सक्रियता

Advertisements:

बार्सिलोना ।  गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन पुर्ब सन्ध्यामा महिला फोरमले सक्रियता बढाएको छ। युरोप स्थित राष्ट्रिय समन्वय परिषदमा गठित महिला फोरमहरुसँग छलफल गर्दै फोरमले सक्रियता बढाएको हो ।


nrna_logo_latest-6 (1)गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद स्थित महिला फोरमका संयोजक सपिला राजभण्डारी तथा सह संयोजक रजनी प्रधानले छलफललाई तिब्रता दिएका हुन्। जुन २६ देखि जुलाई १४ तारिख सम्म करिब तिन हप्ता प्रधान र राजभण्डारी युरोप यात्रामा ब्यस्त बनेका छन् ।


आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलन अगावै युरोपमा रहेका महिलासँग संयोजक तथा सह संयोजक प्रत्यक्ष सहभागी भई छलफल गरेका हुन्।


महिला संयोजक राजभण्डारीका अनुसार राष्ट्रिय समन्वय परिषद पोल्याण्ड र लक्जम्वर्ग स्थित महिला फोरमसँग छलफल सम्पन्न भएको छ। यस्तै आगामी जुलाई ७ तारिख जर्मनी,९ तारिख अष्ट्रिया, १२ तारिख स्पेन र १४ तारिख बेल्जियम पुगेर राष्ट्रिय समन्वय परिषद स्थित महिला फोरमहरु सँग छलफल गर्ने कार्यक्रम तय भएको छ।


सातौ महिला युरोपेली क्षेत्रीय सम्मेलनमा “एक युरो परियोजना “  “युटेरिन प्रोल्याप्स परियोजना”, “महिला सशक्तिकरण” र विदेशमा रहेका महिलाहरुका लागि “सेफ हाउस” जस्ता सम्मेलनका मुख्य मुद्दा रहेका छन्। यो अगावै युरोपमा रहेका महिलाहरुको छलफलले सम्मेलन फलदायी हुने बिश्वास संयोजक राजभण्डारीले लिएकी छन्। आँफूहरुको युरोप यात्राले युरोपबाट डेनमार्कको सम्मेलनमा महिला सहभागिता बढ्ने सह-संयोजक प्रधानको बिश्वास रहेको छ।


 



एनआरएन युरोपेली सम्मेलनका लागि, महिला फोरमको सक्रियता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts