Subscribe Twitter FaceBook

Pages

Saturday, July 2, 2016

मलेसियाका नेपाली कैदी शिविरमा पुगे श्रममन्त्री

Advertisements:

malesia१८ असार, क्वालालम्पुर । मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्री दीपक वोहराले मलेसियाको डिटेन्सन क्याम्पको भ्रमण गरेका छन् ।


सेलाङर राज्यको सिमोनियामा रहेका क्याम्पमा पुगेर उनले घर फिर्तिको पर्खाइमा रहेका नेपालीसँग भेट गरेका हुन । मन्त्री वोहराले त्यहाँका अधिकारीहरुसँग समेत भेट गरी नेपालीको उद्धार प्रकृयालाई तिब्र वनाउन आग्रह गरेका थिए । सोहि क्याम्पमा रहेका पाँच जना नेपालीहरु तत्कालै नेपाल फर्किने अबसर पाएका छन् ।


नेपाली राजदूतावास मलेसियाको पहलमा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डवाट निशुल्क रुपमा टिकट पाएपछि उनीहरु नेपाल फर्किएका हुन् । पछिल्लो एक हप्तामा मात्रै वोर्डको सहयोगवाट क्याम्पमा रहेका ३९ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।


विहीवार मात्र अर्घाखाँचीका मगरवहादुर नेपाली, भोजपुरका भिमवहादुर पौडेल, पाँचथरका सन्तोष मगर, झापाका जगदेव ताजपुरीया, रामेछापका सोनाम शेर्पा, तेह्रथुमका प्रेम ओली, पर्वतका हस्तकुमार डाँगी, काभ्रेका रोशन वस्नेत, धनकुटाका प्रेमवहादुर विक र वाग्लुङका योगेन्द्र विक नेपाल फर्किएका हुन् ।


हालसम्म दूतावासको पहलमा विभिन्न संघ संस्था तथा वोर्डको सहयोगवाट ५ सय ९६ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

यसैगरी मन्त्री वोहराले मलेसियाका उद्योगी तथा ब्यापारीहरुसँग पनि भेट गरेका छन् । भेटमा मन्त्री वोहोराले नेपालमा लगानीको वातावरण राम्रो रहेको तथा लगानीको उच्च प्रतिफल सूनिश्चित रहेको भन्दै नेपालमा लगानीको अबसरलाई सदुपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।


यसैगरी मन्त्री वोहोराले मलेसियाका सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरुसँग पनि भेटघाट तथा छलफल गरेको नेपाली राजदूतावासले जनाएको छ ।



मलेसियाका नेपाली कैदी शिविरमा पुगे श्रममन्त्री
Advertisements:

0 comments:

Post a Comment

Recent Posts