Subscribe Twitter FaceBook

Pages

Friday, July 15, 2016

‘नेप्टे’मा दयाहाङ फाइनल, श्रृष्टीले गर्न सक्छिन् पर्दा शेयर

Advertisements:

dayahang and shristhi

निर्देशक देवकुमार श्रेष्ठका अनुसार चलचित्र ‘नेप्टे’मा नायक दयाहाङ राई पक्का भएका छन् । सामाजिक कथावस्तुमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिरमा हुनेछ ।


चलचित्रलाई रोहित रुम्बाले निर्माण गर्दैछन् । चलचित्रको अहिले कथामा काम भैरहेको छ । चलचित्रका लागि नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठसँग कुरा भैरहेको छ । तर, श्रृष्टीले चलचित्रका लागि ‘हुन्छ’ भनिसकेकी छैनन् । निर्देशक श्रेष्ठले मौखिक सहमती भएपनि लिखित सहमती गर्न नभ्याएको बताए ।


चलचित्र ‘गाजलु’मा काम गरेपछि श्रृष्टीको चर्चा चलचित्र बजारमा खुबै छ । उनले दयाहाङसँग पर्दा शेयर गरिन् भने उनको अर्का स्टार कलाकारसँग सहकार्य हुनेछ ।


श्रृष्टीले पहिलो चलचित्रमा अनमोल केसीसँग पर्दा शेयर गरेकी थिइन् । चलचित्रको कथावस्तुबारे निर्देशक श्रेष्ठले केही खुलाउन चाहेनन् । नाक थेप्चो हुने मान्छेलाई ‘नेप्टे’ भनिने भन्दै यसैको वरिपरी कथा घुम्ने उनको भनाई थियो ।



‘नेप्टे’मा दयाहाङ फाइनल, श्रृष्टीले गर्न सक्छिन् पर्दा शेयर
Advertisements:

0 comments:

Post a Comment

Recent Posts