Subscribe Twitter FaceBook

Pages

Monday, July 4, 2016

प्रहरीमाथि हातपात गर्ने नेता पक्राउ

Advertisements:

२० असार, काठमाडौं । शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि पोसाकसमेत च्यातेर बन्दूक खोस्ने प्रयास गरेका राजनीतिक दलका नेताहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।


Nepal-Policeजनकपुर उपमहानगरपालिका १४ रजौलास्थित श्री जनता  माविमा भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट छुट्याइएको ३२ लाख रुपैयाँ बाँडफाँड गरी मनमौजी हिसावले खर्च गर्न खोज्ने राजनीतिक दलका नेताबीच उत्पन्न  भएको विवादमा प्रहरीले हस्तक्षेप गर्दा प्रहरीमाथि नै हुलहुज्जत भएको थियो ।


विद्यालयका पूर्वव्यवस्थापन समित अध्यक्ष कांग्रेसका जिल्ला नेता रामवरण पासवानले समाजको सहमतिविना निर्माण समिति गठन गरी भवन निर्माणवापत आएको रकम खर्च गर्न खोजेपछि नेकपा माओवादी केन्द्र , मधेसी जनअधिकार फोरम नेपालसहितका राजनीतिक पार्टीका नेताले हस्तक्षेप गरेको र सोही कारण विवाद उत्पन्न भएको नेकपा माओवादीका धनुषा जिल्ला संयोजक झल्कु यादवले बताए ।


ववाद भएसँगै पुगेको प्रहरीले विवाद समाधान गर्न खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । प्रहरीको वर्दी च्यात्ने र बन्दूक नै खोस्न खोज्ने जस्ता कार्य गरेसँगै थप प्रहरी टोली घटनास्थल पुगेर १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

नेता पक्राउ परेपछि सम्बन्धित राजनीतिक दलका नेताले राजमार्गमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए ।



प्रहरीमाथि हातपात गर्ने नेता पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts