Subscribe Twitter FaceBook

Pages

Monday, July 4, 2016

अनु र नीताको मित्रता, देखावटी कि वास्तविक ?

Advertisements:

Anu and Neeta (4)

मनोरञ्जन दुनियाँ नै यस्तो ठाउँ हो, जहाँ साथी र दुश्मन बन्न लामो समय लाग्दैन । टुट्ने र जोडिने सम्बन्धहरु यहाँ दैनिक देखिन्छन् । धेरै सम्बन्धहरु स्वार्थका लागि पनि गाँसिएको पाइन्छ ।


नायिकाद्धय नीता ढुंगाना र अनु शाहको सम्बन्ध पनि यस्तै देखियो । यी दुइको मित्रताको ग्राफलाई हेर्ने हो भने खुबै उतारचढाव छ ।


जतिबेला नीता र अनु खुबै मिल्थे, भन्थे-‘हामी जस्तो मिल्ने कोहि छैन ।’ नीता र अनुको सम्बन्ध अन्य नायिकासँग खासै थिएन र छैन पनि । Anu and Neeta (1)Anu and Neeta (2)

जब नीताको जीवनमा प्रेमी आमेष भण्डारीको प्रवेश भयो, अनु र नीता विछोडिए । केटा पाएपछि आफ्नै साथीहरु प्नि विचमै छाडेर दौडन्छन् भन्दै अनुले घुमाउरो शैलीमा नीताप्रति गुनासो पोखिन् । नीता आमेषसँग हिड्न थालिन् भने, अनुको साथी एक मोडल बनिन् ।


अहिले आमेष र नीताको सम्बन्ध विग्रिएको छ । यी दुबैलाई सम्बन्ध जोडिन्छ या टुट्यो थाहा छैन । आमेषसँग सम्बन्धमा दरार आएपछि नीता मोडल भावना गुरुङसँग नजिक छिन् । यी दुई आफ्नो काम बाहेक अरु समयमा एकसाथ नै हुन्छन् ।
Anu and Neeta (5)

तर, शनिबार आयोजित एक अवार्ड समारोहमा नीता र अनु एकसाथ देखिए । यी दुई आकर्षक पहिरनमा अवार्डमा सहभागी भए । यी दुइलाई एकसाथ देखेपछि धेरैले आश्चर्य पनि मानेका थिए ।


अवार्डमा एकसाथ पुगे पनि फर्कदा अनु र नीता एकसाथ थिएनन् । नीताको साथमा उनै मोडल गुरुङ थिइन् । साच्चै, अनु र नीताको यो मित्रता देखावटी थियो कि वास्तविकता ? धेरैले यहि प्रश्न गरेका थिए ।Anu and Neeta (3)




अनु र नीताको मित्रता, देखावटी कि वास्तविक ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts