Subscribe Twitter FaceBook

Pages

Sunday, July 3, 2016

सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो

Advertisements:

Sherbahadur-Deuba_1१९ असार, काठमाडौं ।  सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका विषयमा छलफल गर्न नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । तर, सत्तारुढ एमाले र माओवादी केन्द्रबीच थप दूरी बढाउने रणनीतिमा कांग्रेस छ ।


त्यसो हुँदा नयाा सरकार गठनका लागि सहज वातावरण बन्दै जाने उसको बुझाइ छ । ‘अघिल्लोपटकजस्तो नयाँ सरकार गठनको पहल हचुवा नबनोस् भन्नेमा नेतृत्व सजग छ,’ एक नेताले भने, ‘त्यसका लागि एमाले–माओवादीको दूरी अझै बढ्न जरुरी छ ।’


तर, कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका नेताहरू सरकार फेरिहाल्ने मनस्थितिमा छैनन् ।


शनिबार विराटनगरमा नेता पौडेलले संविधान कार्यान्वयनमा केन्द्रित हुन सरकार परिवर्तनभन्दा मधेस केन्द्रित दलसँग वार्ता गरेर जानुपर्ने बताएका छन् । ‘सरकार हामीले मात्र चाहेर परिवर्तन हुने विषय होइन । यसबारे पार्टीमा पनि छलफल भएको छैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा व्यवस्था मिलाउन लागौँ ।’


 तर, नेता प्रकाशशरण महतले सरकार फेरिने अवस्थामा पार्टीमा सहमति बन्ने दाबी गरे । ‘सभापति सबैलाई मिलाएर हिाड्न खोज्नुभएको छ,’ उनले भने, ‘नयाँ सरकार बन्ने अवस्था आउँदा पार्टीमा समर्थन जुट्दैन भन्ने होइन ।’ यसअघि सभापति शेरबहादुर देउवाले सरकार फेर्ने प्रयास थाल्दा पौडेल र महामन्त्री डा. शशांक कोइराला अमेरिका थिए ।



सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts