Subscribe Twitter FaceBook

Pages

Sunday, July 3, 2016

इटली पेनाल्टीमा हार्‍यो, जर्मनी युरोकपको सेमिफाइनलमा

Advertisements:

Germany


काठमाडौं । इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।


यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।


बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

जसमा जर्मनीका जोनस हेक्टरले विजयी गोल गरे ।


संयोग पनि कस्तो भने ठूला प्रतियोगितामा भएको नवौं भेटमा इटलीमा पहिलो पटक हराउने क्रममा नवौं पेनाल्टी गोल नै निर्णाायक बन्न पुगेको छ ।


यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चके । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे ।


Neuer


तर, नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए ।


जर्मनी ९० मिनेटभित्रै विजयी हुने देखिएको थियो । उसले ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रत लिएको थियो ।


तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टी पायो । जर्मन डिफेण्डर जेरोमी बोटेङले अनावश्यक हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे । यो उनको करियरमै पहिलो पेनाल्टी गोल थियो ।


निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो ।


जर्मनीले १९७६ मा चेकोस्लोभाकियासाग हारेदेखि जर्मनी अहिलेसम्म पेनाल्टीमा चुकेको छैन । अब उसले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासाग सेमिफाइनल खेल्नेछ ।



इटली पेनाल्टीमा हार्‍यो, जर्मनी युरोकपको सेमिफाइनलमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts