Subscribe Twitter FaceBook

Pages

Friday, July 15, 2016

प्रचण्ड निवासमा भेटिए ओली सरकारका मन्त्री !

Advertisements:

३० असार, काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला केपी ओली नेतृत्वको सरकारका बहालवाला मन्त्रीसमेत प्रचण्ड निवास लाजिम्पाटमा भेटिन थालेका छन् ।


Prachand-Home-Lajimpat

लाजिम्पाटस्थित माओवादी अध्यक्ष प्रचण्डको निवास । फाइल तस्वीर



प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने बताइरहेकै बेला बहालवाल मन्त्री प्रचण्डको पक्षमा लाग्न थालेका हुन् ।


विहीबार दिउँसो प्रचण्डनिवास लाजिम्पाटमा एकजना बहालवाला मन्त्री भेटिए । उनले आफू प्रचण्डको नेतृत्वमा बन्ने सरकारको पक्षमा रहेको प्रतिवद्धता जनाउन प्रचण्डलाई भेटेका थिए । आफूलाई केपी ओली नेतृत्वको सरकारसँग भन्दा प्रचण्डसँगै मिलेर काम गर्न इच्छा रहेको ती मन्त्रीले बताएका थिए ।


सरकार परिवर्तनसँगै सानो दलबाट सरकारमा पुगेका एक सीटेदेखि तीन सीटेसम्मका पार्टीका मन्त्रीहरु एकाएक कित्ता परिवर्तनतिर लागेका हुन् । प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्न लागेको सुनेपछि सानो दलका मन्त्रीले अविश्वासको प्रस्तावमा भोटिङ हुँदा ओलीलाई नसघाउने संकेत दिएका छन् । तर, प्रचण्डले आफूलाई मन्त्री बनाउने प्रतिवद्धता जनाउनुपर्ने उनीहरुको पूर्वशर्त छ ।


यो पनि पढ्नुहोस्


सिंहदरबार छाड्नुपर्दा साना पार्टीलाई सकस



प्रचण्ड निवासमा भेटिए ओली सरकारका मन्त्री !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts