Subscribe Twitter FaceBook

Pages

Friday, July 15, 2016

एक लाख चोर्ने, २० हजारमा छुट्ने !

Advertisements:

३१ असार, काठमाडौं । गत ३ जेठमा कमलादेवी केसव्लगात दुई मलिअको सुन सिक्री लुटेको आरोपमा सिन्धुपाल्चोकका बोझबहादुर भुजेल पक्राउ परे ।


Thiefअनुसन्धानका क्रममा उनले दुईजनाको गरी एक लाख रुपैयाँभन्दा धेरैको गहना लुटेको खुल्यो ।


प्रहरीले चोरी मुद्दा चलायो अदालतले उनलाई ० हजार धरौटीमै छाड्ने आदेश दियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


उनी तत्काल धरोटी राखेर  छुटे । अदालतबाट छुटेपछि उनी फेरी सोही धन्दामा लागे, उनको समूहले काठमाडौंमा कम्तीमा १४ जनाको सिक्री लुटेको खुलिसकेको छ ।


लाखौं चोरी गर्ने तथा सामान्य धरौटीमा छुट्ने भएकाले चोरी धन्दा राजधानीमा फस्टाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले यो साता भुजेलसहित उनका ६ जना सहयोगीलाई पक्राउ गरेको छ ।


पक्राउ परेकाहरु सामान्य धरौटीमै छुट्ने भएकाले छुटेपछि फेरी चोरी धन्दा मै लाग्ने गरेका छन् ।



एक लाख चोर्ने, २० हजारमा छुट्ने !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts