Subscribe Twitter FaceBook

Pages

Thursday, July 7, 2016

फेसबुकमा अब ४५ भाषामा पोष्ट गर्न सकिने

Advertisements:

laptopसोसल नेटवर्किंग साइट फेसबुक प्रयोगकर्ताका लागि खुसीको खबर छ । अब छिटै तपाइँले फेसबुमा विभिन्न ४५ भाषामा पोष्ट गर्न सक्नुहुनेछ ।


समाचार अनुसार फेसबुकले यस्तो एक सफ्टवेयर विकशित गरिरहेको छ जसको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्ना पोष्टहरु दुनियाका विभिन्न भाषामा अनुवाद गर्न सक्दछन् । उक्त सफ्टवेयरले तपाइँको पोष्टलाई कुनैपनि व्यक्तिलाई उसको मनलाग्दो भाषामा देखाइदिनेछ ।


फेसबुकको उक्त सफ्टवेयरको सबैभन्दा विशेष कुरा यो हो की तपाइँले केवल आफ्नो कुनैपनि भाषामा पोष्ट गरे पुग्छ । त्यसपछि उक्त पोष्टलाई तपाइँ दिइएका ४५ भाषामध्ये जुनसुकैमा अनुवाद गर्न सक्नुहुन्छ । उक्त सूचिमा फ्रेन्च देखि लिएर फिलिपिनो तथा लिथुआनियन जस्ता भाषा सामेल छन् ।


यद्यपि फेसबुकले हाल यो फिचरलाई केही मात्र प्रयोगकर्तामा परीक्षण गरिरहेको छ । अहिलेसम्म ५ हजार फेसबुक पेजद्धारा यो फिचरको उपयोग भएको छ । अहिलेसम्म केवल बिजनेस पेजहरुले मात्र यो फिचर उपयोग गरेकोमा अब छिटै अरु सबै प्रयोगकर्तालाई फेसबुकले यो सर्भिस उपलब्ध गराउने बताइएको छ ।



फेसबुकमा अब ४५ भाषामा पोष्ट गर्न सकिने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts