Subscribe Twitter FaceBook

Pages

Wednesday, July 6, 2016

प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता

Advertisements:

prabhu-22

२२ असार, काठमाडौं । प्रभु मनि ट्रान्सफर र भारतिय कम्पनी एफआईए टेक्नोलोजी प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरकी उपाध्यक्ष कुशुम लामा र एफआईएका वित्त तथा अपरेशन प्रमुख प्रदिप मेहेताले हस्ताक्षर गरे ।


कम्पनीले भारतिय सुपरिचित बैंकहरु एस बैंक, बैंक अफ इन्डीया, स्टेट बैंक अफ इन्डीया, विजया बैंक लगायतसँगको सहकार्यमा भारत भरी ८ हजार ५ सय भन्दा बढी सेवा केन्द्रमार्फत आन्तरिक तथा बाहय रेमिट्यान्सको काम गर्दै आएको छ ।


वित्तीय समावेशिताको लागि बैंकिङ पहुँचभन्दा बाहिर रहेका निम्न वर्गिय ब्यक्तीहरुलाई बैंकिङ कारोवारमा समेट्न उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको कम्पनिले अब भारतमा रोजगारीको सिलसिलामा गएका नेपालीका लागि सस्तो र सुलभ एवम् विश्वाशिलो रेमिट्यान्स सुविधा प्रदान गर्ने मेहेताले बताए ।


सम्झौता पछि भारतबाट नेपालमा रेमिट्यान्स पठाउनको लागि प्रभु मनि ट्रान्सफर इन्डीयाको सहकार्यमा एक दर्जनभन्दा बढी कम्पनिहरुले संकलन गरेको रकम नेपालमा प्रभु मनि ट्रान्सफरको भुक्तानी केन्द्रमार्फत सजिलै भुक्तानि लिनसक्ने छन् ।



प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts