Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

आर्यनसँग किन हङकङ पुगिन् नम्रता ?

Advertisements:

aaryan and namrata in hongkong

एक अर्कालाई ‘नमी र एलियन’ भनेर बोलाउने नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको जोडी नेपाली चलचित्रमा सर्वाधिक चर्चित छ । यी दुई एकसाथ पर्दामा देखिदा चलचित्रले राम्रो व्यापार गरेको पाइन्छ । दुई अलग-अलग पर्दामा देखिदा चलचित्रको व्यापार कमजोर बनेको उदाहरण प्रशस्तै छ ।


बास्तविक जीवनमा पनि आर्यन र नम्रता निकै मिल्छन् । यी दुइले ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक’ जस्ता सफल चलचित्र दिइसकेका छन् ।

आर्यन र नम्रताको जोडी अहिले हङकङ पुगेको छ । हङकङ पुग्नुको मुख्य कारण हो, चलचित्र ‘क्लासिक’को शो ।


खुशी गुरुङ र सन्तोष गुरुङले जुलाई १० तारिख अर्थात आइतबार आयोजना गरेको चलचित्रको विशेष शोमा सहभागी हुन यो जोडी हङकङ पुगेको हो । आर्यनले एक सातापछि आफूहरु फर्किने जानकारी दिए । aaryan namrata with raj k rai in hongkong classic show in honkong

चलचित्रको शोमा दर्शकको सहभागीता उत्साहजनक रहेको आर्यनले बताए । हङकङमै रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई पनि शोमा सहभागी थिए । दिनेश राउतको निर्देशनमा सुवास गिरीले निर्माण गरेको यो चलचित्रले नेपालमा पनि तारिफ पाएको थियो । चलचित्रबाट नायिका नम्रता श्रेष्ठले गतसाता २ वटा अवार्ड जितेकी थिइन् । classic show with aaryan and namrata


तस्बिर: विक्रम गुरुङ



आर्यनसँग किन हङकङ पुगिन् नम्रता ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts