Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

साउन दोस्रो साताभित्र दुई राप्रपाको एकता

Advertisements:

Kamal-Thapa-and-Pashupati

२७ असार, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच साउन दोस्रो सातासम्ममा पार्टी एकता गर्ने तयारी भइरहेको दुबै पार्टीका शीर्ष नेताहरुले बताएका छन् ।


दुई दलको वार्ता टोलीले तयार पारेको आठबुँदे आधारपत्र राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष लोकन्द्रबहादुर चन्दलाई बुझाइएको छ ।


राप्रपा नेपालका अध्यक्ष थापाले वार्ता टोलीले तयार पारेको आधार पत्रमा आफ्नो पूर्ण समर्थन रहेको बताए । यसले पार्टी एकताको बलियो आधार तयार पारेको भन्दै उनले साउन दोस्रो सातासम्म एकता गर्ने बताए ।


राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले दुई राप्रपाको एकताले नयाँ राजनीतिक शक्ति बन्ने बताए ।


पार्टी एकताबारे छलफल गर्न बनाएको वार्ता टोलीले तयार पारेको आधार पत्रमाथि दुबै दलको केन्द्रीय समितिमा छलफल गरेपछि निर्णय हुनेछ ।


वार्ता टोली स्रोतका अनुसार नौ बुँदे सहमतिमा संघीयता, संवैधानिक राजतन्त्रबारे महाधिवेशनले टुंगो लगाउने उल्लेख छ ।


सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सपेक्ष हिन्दुराष्ट्रमा पनि वार्ता टोलीले सहमति जुटाएको छ । संविधानमा राप्रपाले धर्म र राप्रपा नेपालले धर्म, गणतन्त्र, र संघीयताबारे फरक मत दर्ता गरेकाले पार्टी एकतापछि संविधानको आलोचनात्मक समर्थन गर्ने पनि वार्ता टोलीको सहमति छ ।


यस्तै पार्टीको नेतृत्वबारे पनि सहमति भएको छ । ‘अध्यक्षमा राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष रहने समझदारी भएको छ,’ वार्ता टोलीका एक सदस्यले अनलाइनखबरसँग भने ।



साउन दोस्रो साताभित्र दुई राप्रपाको एकता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts