Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

ताप्लेजुङको तापेथोक गाविसमा पहिरो, एक महिला बेपत्ता

Advertisements:

१ साउन, ताप्लेजुङ । ताप्लेजुङ तापेथोक गाउँ विकास समितिको घैयाबारी भिरवाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता बनेकी छिन् ।


Gorakaha-Pahiroतापेथोक ८ सोप्लिम्मा निवासी २८ वषिर्य मनिता राई हराएकी स्थानीय नुपु शेर्पाले जानकारी दिए । ताप्लेजुङ नगरपालिका देखि दुई दिनको पैदल दुरिमा रहेको सो स्थानमा गएराति राति घरमाथिबाट आएको पहिरोबाट बच्न भाग्ने क्रममा राई बेपत्ता भएको शेर्पाले बताए ।


सञ्चार पहुँचबाट टाढा रहेको सो स्थानमा पाँच घरपरिवार रहेका छन् । तापेथोकमा रहेको प्रहरी चौकिमा समेत प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोवाईलबाट सम्पर्क गर्ने प्रयास गरीरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताए । पहिरोको क्षतिको विवरण समेत आउन बाँकि छ ।



ताप्लेजुङको तापेथोक गाविसमा पहिरो, एक महिला बेपत्ता
Advertisements:

0 comments:

Post a Comment

Recent Posts