Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

बेल्जियमका प्रशिक्षक विल्मोट्सले राजीनामा दिए

Advertisements:

Marc-Wilmots


१ साउन, काठमाडौं । मार्क विल्मोट्सले बेल्जियमको फुटबल प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।


युरो कपको क्वार्टरफाइनलमा वेल्ससँग ३-१ ले पराजित भएको दुई सातापछि उनले पद छाडेका हुन् । ४७ वर्षका पूर्व बेल्जियम इन्टरनेशनल विल्मोट्स पछिल्लो चार वर्षदेखि राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।


उनको प्रशिक्षणमा बेल्जियमले ५० खेल खेल्यो र विश्व वरियताको दोस्रो नम्बरमा पुग्यो । यो पटक युरोकपमा बेल्जियमको यो ‘गोल्डेन जेनेरेशन’बाट ठूलो अपेक्षा पनि थियो ।


तर, विश्वकप २०१४ मा जस्तै युरोपमा पनि अन्तिम आठमै मिति भयो ।



बेल्जियमका प्रशिक्षक विल्मोट्सले राजीनामा दिए
Advertisements:

0 comments:

Post a Comment

Recent Posts