Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

अवुधाबीमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने, ५० जना कलाकार नेपालबाट जाने

Advertisements:

award hune hall

नमस्ते ट्राभलले यही भदौ २४ अर्थात सेप्टेम्बर ९ तारिखमा यूएइको अवुधावीमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ गर्ने भएको छ । नेपाल तर्फका आयोजक मनोज केसी अहिले यसको तयारीका लागि यूएइमा छन् । उनले दिएको जानकारी अनुसार भदौ २४ गते शुक्रबार ‘अवुधाबी फोल्जटोन थिएटर’मा अवार्ड आयोजना हुनेछ । नमस्ते ट्राभलका भिम श्रेष्ठ, महेश गिरी र अशोक बाँनियाले अवार्ड आयोजनामा सहकार्य गर्नेछन् । संगिक्षा फिल्मको आयोजना र अवुधावीको नमस्ते ट्राभलको सहकार्यमा अवार्ड आयोजना हुन लागेको हो ।


यो हलमा १ हजार दर्शक अट्ने जानकारी अवुधावीबाट मनोजले गराएका छन् । उनका अनुसार नेपालबाट ५० जना कलाकार र पत्रकारको टोली यूएई पुग्नेछ । विदेशमा पहिलो पटक आयोजना हुन लागेको ‘ नेपाली म्यूजिक भिडियो अवार्ड’को तयारी आफू नेपाल आएपछि सुरु हुने उनले बताए । अवुधाबीमा भने अवार्डको तयारी सुरु भैसकेको छ ।


यसअघि नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष हुँदा मनोजले मलेसिया, हङकङ र कतारमा चलचित्रको अवार्ड सम्पन्न गरेका थिए । कुल १८ विधामा अवार्ड प्रदान गर्न लागिएको छ । अवार्डको उत्कृष्ट ५ मा पर्न सफल सर्जक र सृजनाको मनोनयन सार्वजनिक भैसकेको छ । नेपाली लोकगीत, पप र आधुनिक गीतका भिडियो र ती भिडियोका सर्जक मनोनयनमा परेका छन् ।



अवुधाबीमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने, ५० जना कलाकार नेपालबाट जाने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts