Subscribe Twitter FaceBook

Pages

Friday, July 15, 2016

चितवनमा गैंडाको आक्रमणबाट एकजना घाइते

Advertisements:

३१ असार, भरतपुर । चितवनको नारायणी नगरपालिका-१ गोलाघाटमा गैंडाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । काठमाडौं घर भएका ४६ वर्षीय सुवास थापामगर घाइते भएका हुन् ।


Rhino (GAINDA)खुट्टा र ढाडमा गम्भीर चोट लागेका उनको चितवनकै भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


उनलाई शुक्रबार बिहान पाँच बजे गैंडाले आक्रमण गरेको थियो ।


थापामगर गोलाघाटस्थित हस्तकला उद्योगमा काम गर्दछन् ।


साइकलमा चढेर छोरालाई काठमाडौं जाने बस चढाउन गइरहेका बेला उनलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनका छोरा पनि सकुशल छन् ।



चितवनमा गैंडाको आक्रमणबाट एकजना घाइते
Advertisements:

0 comments:

Post a Comment

Recent Posts