Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

युरोकप २०१६ को उपाधि पोर्चुगललाई

Advertisements:

Eder


काठमाडौं । अतिरिक्त समयमा एइडरको गोलको मदतमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।


सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो ।


तर, एइडरको गोलको मदतमा घरेलु टालीलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए ।


त्यसको कही अघि मात्र पोर्चुगलका ग्यारेरोको फ्रिकिक पनि बारमा लोगर फर्किएको थियो ।


खेलमा फ्रान्सले खेलमा केही सुन्दर मौका खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो ।


२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।


एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।



युरोकप २०१६ को उपाधि पोर्चुगललाई
Advertisements:

0 comments:

Post a Comment

Recent Posts