Subscribe Twitter FaceBook

Pages

Monday, July 11, 2016

सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय

Advertisements:

Prachanda_2


२६ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गत वैशाख २३ गते भएका सहमति र सम्झौता कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ । सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय छ ।


एमालेसँग लिखित नौ बुँदेसँगै तीनबुँदे भद्र सहमति पनि भएको दावी माओवादीले गर्दै आएको छ । भद्र सहमति अनुसार राष्ट्रिय सरकार गठनको बाटो खुल्ला गरिदिनुपर्ने माओवादीको अडान छ ।


आइतबार लाजिम्पाटस्थित अध्यक्ष प्रचण्ड निवासमा बसेको माओवादी हेडक्वाटर बैठकले सहमति र सम्झौता लागु गर्न एमालेलाई पुनः आग्रह गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई जानकारी दिइन् । विगतका सहमति कार्यान्वयन भए अहिलेको सरकारको विकल्प खोज्नै नपर्ने उनले बताइन् ।


‘माओवादी र एमालेबीचमा भएका सहमति समझदारी कार्यान्वयन गरेर एमालेले सहमतिको राजनीति गर्नुपर्छ । यसो भयो भने विकल्प खोज्नै पर्दैन,’ प्रवक्ता भुसालले भनिन् ।


अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र सरकारमा पार्टीको नेतृत्व गरेका नेता टोपबहादुर रायमाझी हेडक्वाटर बैठकको निर्णय लिएर बालुवाटारमा प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा सहभागी भएका छन् ।


प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार गठन, मधेसी मोर्चाका माग सम्बोधन, संविधान कार्यान्वयन लगायतका विषयमा छलफल गर्न आइतबार साँझ सत्तारुढ दलको बैठक आह्वान गरेका हुन् ।


यो पनि पढ्नुस्


सरकार ढाल्न खोज्दा प्रचण्डलाई पाँच जोखिम



सहमति कार्यान्वयन नभए सरकारको विकल्प खोज्ने माओवादीको निर्णय
Advertisements:

0 comments:

Post a Comment

Recent Posts