Subscribe Twitter FaceBook

Pages

Sunday, July 3, 2016

जब रेखा र आर्यनले अंकमाल गरे…

Advertisements:

aaryan rekha ankamal (3)

नायिका रेखा थापा र नायक आर्यन सिग्देलविच बोलचाल बन्द भएको लामो समय भैसकेको छ । यी दुइले चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ पछि एकसाथ काम गरेका छैनन् ।


यी दुइलाई एकसाथ  पर्दामा ल्याउन पनि कुनै निर्माता-निर्देशकले सकेका छैनन् । तर, शनिबार आयोजना भएको ‘फान अवार्ड’ भने यी दुइले एक आपसमा अंकमाल गरे । रेखा र आर्यनले अंकमाल गर्दै गर्दा हलमा उपस्थित चलचित्रकर्मी र पत्रकारले ताली बजाएका थिए । aaryan rekha ankamal (2) aaryan rekha ankamal (7) aaryan rekha ankamal (8)

जब, उत्कृष्ट नायकको विधामा अवार्ड प्रदान गर्न नायिका रेखा थापालाई निम्त्याइएको थियो, धेरैले आर्यन र रेखा एउटै स्टेजमा हुने अड्कल काँटिसकेका थिए । नायिका थापाले नै उत्कृष्ट नायकको घोषणा गरिन् ।


तर, उनले आर्यनको नाम घोषणा गर्नुअघि आफ्नै ब्यानरबाट भित्राएको नायक भन्दै आर्यनको तारिफ गरिन् । आर्यनको अभिनयसँगै उनी ह्यान्डसम रहेको भन्दै रेखाले प्रशंसा गरिन् ।


आर्यन स्टेजमा पुगेसँगै रेखासँग अंकमाल गरे । रेखा र आर्यनले लामो समयपछि एकआपसमा यसरि अंकमाल गरेका थिए ।


अब, यो अंकमालले यी दुइको सम्बन्धमा सुधार ल्याउँछ या ल्याउदैन हेर्न बाँकी छ ।  aaryan rekha ankamal (11) aaryan rekha ankamal (12)


तस्विरः श्रीधर पाैडेल



जब रेखा र आर्यनले अंकमाल गरे…
Advertisements:

0 comments:

Post a Comment

Recent Posts