Subscribe Twitter FaceBook

Pages

Sunday, July 17, 2016

गच्छदार र कमल थापालाई राखेर प्रधानमन्त्रीले गरे कानुनी परामर्श

Advertisements:
PM-KP-Oli

प्रधानमन्त्रीलाई परामर्श दिन बालुवाटार पुगेकाहरु । तस्वीर प्रधानमन्त्री केपी ओलीको ट्वीटर



२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्ध संसदमा प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यसपछि नयाँ सरकार गठनका सन्दर्भमा संवैधानिक जटिलताबारे विज्ञहरुसँग परामर्श गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझको छलफलमा बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी लगायतका संविधानविदहरु सहभागी छन् ।


छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत सहभागी छन् ।


महान्यायाधिवक्ता हरि फुँयाल पनि छलफलमा सहभागी छन् । प्रधानमन्त्री ओलीले आफूले सत्ता साझेदार दलहरुको सुझाव बमोजिम संसदको सामना गर्ने निर्णय गरेको बताउँदै संविधान विपरीत जाने कुनै सोच नरहेको प्रष्ट पारेका छन् ।



गच्छदार र कमल थापालाई राखेर प्रधानमन्त्रीले गरे कानुनी परामर्श
Advertisements:

0 comments:

Post a Comment

Recent Posts