Subscribe Twitter FaceBook

Pages

Monday, July 18, 2016

सिड्नीमा करिश्माको तारिफ

Advertisements:

Karishma in australia (3)अन्तत: सुन्दर अभिनेत्री करिश्मा मानन्धरले सिड्नीमा बस्ने नेपालीहरू माझ आफ्नो करिश्मा देखाएरै छाडिन् । यहाँ आयोजना हुने कार्यक्रमहरूमा ८ सय भन्दा माथिको हाराहारीमा दर्शकहरूको जमघट हुनु भनेको ठूलै कुरा हो  । तर, आइतबार सम्पन्न तीज सम्बन्धी कार्यक्रममा ८ सय भन्दा बढी नेपालीहरू कार्यक्रम हेर्न आएकोमा आयोजक राज गोस्वामीले प्रसन्नता ब्यक्त गरे । ‘करिश्मा दिदीको पहिलो अष्ट्रेलिया आगमन र यूबा पुस्ताकी चर्चित गायिका मोलिना राईको गायनले कार्यक्रमलाई नै लोकप्रिय बनायो’ उनले भने ।


सिनेमाको पर्दामा मात्र देखिएकी अभिनेत्री आफ्नै अगाडि आउँदा आफूहरू निकै खुसी भएको नारी निकुन्ज अष्ट्रेलियाकी सृजना संगौलाले बताइन । अभिनेत्री करिश्माले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायिका मोलिना राइले आफ्ना चर्चित गीतहरू गाएर सिड्नी निबासी नेपालीहरूलाई मनोरन्जन प्रदान गरेकी थिइन् ।


‘ सिड्नी निबासी नेपालीहरूको साथ र मायाले सांच्चै मनमा उर्जा थपिएको छ -‘ करिश्माको भनाई थियो । यता आफूले गाएका गीतहरूबाट सिड्नी निबासी नेपालीहरूले मनोरन्जन लिनु भएकोमा आनन्द मिलेको कुरा गायिका राईले बताइन् ।


Karishma in australia (1)


Karishma in australia (2)


Karishma in australia (4)


 



सिड्नीमा करिश्माको तारिफ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts