Subscribe Twitter FaceBook

Pages

Wednesday, July 13, 2016

सरकार ढल्दा मधेसी नेता खुसी, नयाँ प्रधानमन्त्रीको चुनावमा भाग लिने

Advertisements:

upendra yadav


२९ असार, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता आए सरकार गठनमा सघाउने संकेत दिएको छ । तर, संविधान संशोधन भएर माग सम्बोधन नभएसम्म सरकारमा भने नजाने गठवन्धनका नेताहरुले बताएका छन् ।


मंगलबार दिउँसो संघीय गठवन्धनको बैठक बसिरहेका बेला नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचार आएको थियो ।


बैठक चलिरहेकै बेला मधेसी नेताहरुलाई माओवादीका एक नेताले फोन गरेर यसबारे जानकारी गराएका थिए । बैठकमा सहभागी केहीले अनलाइनमा समाचार पनि पढिसकेका थिए ।


सरकार ढल्न लागेको खबर सुनेपछि संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले ‘हुनेवाला नै थियो’ भन्ने प्रतिक्रिया दिए ।


सरकार ढल्ने स्थिति देखिएपछि बैठकमा सरकार गठनबारे छलफल भएको गठवन्धनका एक नेताले बताए । संघीय गठवन्धनले ओली सरकार उग्रराष्ट्रवादी भएको भन्दै सरकार ढलेकोमा खुसी व्यक्त गरेको छ ।


गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अनलाइनखबरसँग भने, यो सरकारको पतन अवश्यंभावी थियो, बरु ढीला भयो ।’


गठवन्धनले सरकारको नेतृत्व गर्ने दलले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाए संसदमा हुने नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।


यादवले पनि मुलुक सरकारविहीन रहन नसक्ने भन्दै आवश्यक परे मतदान गर्ने बताए । तर, भोट हाल्ने नहान्ने भन्दा पनि समस्या समाधान हुन्छ कि हुन्न भन्ने मुख्य कुरा भएको उनले बताए ।


तर, संघीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । संविधान संशोधन गरेर आफ्ना माग पूरा गरेमात्रै सरकारमा जाने उसले बताएको छ ।



सरकार ढल्दा मधेसी नेता खुसी, नयाँ प्रधानमन्त्रीको चुनावमा भाग लिने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts