Subscribe Twitter FaceBook

Pages

Wednesday, July 13, 2016

अन्तिमसम्म ओलीलाई साथ दिने राप्रपा नेपालको निर्णय

Advertisements:

kamal thapa


२९ असार, काठमाडौं । राप्रपा नेपालले अन्तिम समयसम्म प्रधानमन्त्री केपी ओलीलाई साथ दिने निर्णय गरेको छ ।


बुधबार सिंहदरबारमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ओलीलाई दह्रो साथ दिने निर्णय गरेको हो ।


बैठकपछि राप्रपा नेपालका नेता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने- ‘प्रधानमन्त्री जुन विकल्पमा जानुहुन्छ, राजनीतिक र नैतिक हिसाबले प्रधानमन्त्रीको कदमलाई हाम्रो पार्टीले अन्तिमसम्म साथ दिनेछ ।’


बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर समीक्षा भएको श्रेष्ठले बताए । सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्न राम्रो काम गरिरहेको थियो भन्दै अध्यक्ष थापाले बैठकमा माओवादीलाई इङ्गति गर्दै भने, ‘आफैंले प्रस्ताव गरेको सरकारबाट माओवादी केन्द्र बाहिर आएको छ, यसका पछाडि धेरै फ्याक्टरहरु छन् । यो निकै लामो प्रयासपछि भएको हो ।’


यसैवीच अध्यक्ष थापाले अब हुने राजनीतिक छलफलमा राप्रपा नेपालले राप्रपालाई समेत सहभागी गराउने बैठकमा बताए । अब पार्टी एकता प्रक्रिया अघि बढ्ने उनले स्पट पारे ।


राप्रपा नेपालको आगामी बैठक साउन ११ गते बस्ने भएको छ । केन्द्रीय समितिका साथै राप्रपा नेपालले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक डाकेको छ ।



अन्तिमसम्म ओलीलाई साथ दिने राप्रपा नेपालको निर्णय
Advertisements:

0 comments:

Post a Comment

Recent Posts