Subscribe Twitter FaceBook

Pages

Saturday, July 9, 2016

सिम्रिकले सफायरग्लोवलको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने

Advertisements:

rameshwar-thapa

२४ असार, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी सिम्रिक एयरले अमेरीकी वायुसेवासँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायरग्लोवल एयरवेजसँगको सहकार्यमा सिमि्रक अन्तर्राष्ट्रिय उडान गर्ने गरी शुक्रबार दुईपक्षीय सम्झौता भएको छ ।


सम्झौतामा सिमि्रक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायरग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरेका छन् ।


सिमि्रक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफिरको संयुक्त लगानीमा संचालन हुने नेपालको उडान गरिने भएको छ । सिमि्रकसँग भएको सम्झौतामा यो वायुसेवाले नेपालमा यात्रु उडान नभएर कार्गो उडान गर्ने भएको छ ।


आगामी एक वर्षभित्रमा नै दुईवटा बोइङका ७७७ नामक वाइवडवडि जहाजमार्फत कार्गो उडान गर्ने जानकारी सफिरका अध्यक्ष राहुलले दिए । उनकाअनुसार नेपालमा कार्गो उडानको राम्रो संभावना भएकोले सिमि्रकसँग सहकार्य गरेर उडान गर्न चाहेको बताए । यो वायुसेवाले १५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । करीब १६ अर्ब रुपैयाँको यो लगानीमा ७० प्रतिशत सफिरको र ३० प्रतिशत सिमि्रकको हुनेछ ।

काठमाडौं विमानस्थललाई हव बनाएर उडान गर्ने यो वायुसेवाले निर्माणाधिन पोखरा, भैरहवा र निजगन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने योजना अगाडि सारेको छ ।


सिमि्रक गु्रपले कार्गो उडानबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान पहुँच पुर्‍याउँन सफिरसँग साझेदारी गरिएको सिमि्रकका अध्यक्ष क्याप्टेन थापाले भने । थापाका अनुसार यात्रु उडानको तुलनामा कार्गो उडानलाई नेपाल सरकारबाट लिने अनुमति पनि सहज हुने बताए । दुइपक्षित सम्झौतापश्चात अब सिमि्रकले अन्तर्राष्ट्रिय उडानको अनुमतिको प्रक्रियासमेत अगाडि बढाउने जानकारी दिए ।


अमेरिकी वायुसेवासँगको सहकार्यले नेपालबाट लामो दूरीको गन्तव्यमा उडान गर्न पनि सहज हुने उल्लेख छ । यो वायुसेवाले उत्तर पूर्वी एसियाका गन्तव्यबाट उडान सुरु गर्ने र विस्तारै युरोपेली मुलुकमा उडान विस्तार गर्दै जाने भएको छ ।


यो वायुसेवाले कार्गो उडानमा केन्दि्रत गर्ने भएपछि आन्तरिक उडानको व्यापार पनि सहयोग पुग्ने भएको छ । यात्रु उडानले यात्रुमा मात्रै केन्दि्रत गर्ने भने भने कार्गोले कार्गो उडानलाई मात्रै केन्दि्रत गरेर सेवा दिने भएको छ । यो कार्गो उडान नेपालबाट भने नियमति उडान नभएर चार्टर हुने भएको छ ।


सिमि्रकसँग सहकार्य गरेको यो सफायरवायुसेवा अमेरिकाको स्वानी ग्रुप अफ कम्पनीको भगिनि संस्था हो । यो कम्पनी सन् १९९८ देखि संचालन भएको कम्पनी हो । स्वानी ग्रुपले १८ वर्षदेखि सफलताका साथ रियल स्टेट, हस्पिटालीटी, कन्ट्रक्सन वेभरेजलगायतमा व्यवसायलाई केन्दि्रत गरेको छ ।


नेपालमा कार्गोको माग बढ्दै गइरहेकोले यसतर्फ व्यवसाय केन्दि्रत गरिएको सिमि्रक र सफिरको संयुक्त वक्तव्यमा उल्लेख छ । सिमि्रक ग्रुप हवाई तथा पर्यटन उद्योगमा लगानी गरिरहेको सफल व्यवसायीक ग्रुप हो । सिमि्रक ग्रुप अन्तर्गत नियममित उडानको सि्रमक एयरलाइन्स, हेलिकोप्टर सेवा सिमि्रक एयर, पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट रहेको छ ।



सिम्रिकले सफायरग्लोवलको सहकार्यमा अन्तर्राष्ट्रिय उडान गर्ने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts