Subscribe Twitter FaceBook

Pages

Saturday, July 2, 2016

कलाकार संघको अवार्डमा आर्यन र नम्रता उत्कृष्ट(फोटो फिचरसहित)

Advertisements:

aaryan and namrata award lidai

काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित पहिलो ‘फान अवार्ड’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिकाको विधामा अवार्ड जितेका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।


जसमध्ये ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र बन्न सफल भयो । यो बाहेक चलचित्र ‘पशुपति प्रसाद’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट खलपात्र र उत्कृष्ट कथाको विधामा अवार्ड जित्न सफल भयो ।


वरिष्ठ कलाकार हरि प्रसाद रिमालललाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘दीर्घ साधान सम्मान’ प्रदान गरियो ।


प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनलाई सम्मान गरे । दोसल्ला, सम्मानपत्र र नगदसहित उनलाई सम्मानित गरिएको हो ।


‘फान अवार्ड’मा ५० बर्षको अवधीमा हिट बनेका नेपाली चलचित्रका गीतमा कलाकारले नृत्य गरेका थिए । संगीतकार संघ नेपालले स्वर्गिय संगीतकार अम्बर गुरुङको संझनामा ‘रातो र चन्द्र सूर्य र मलाई नेपाली होइन भन्न’ बोलको गीत गाएर कार्यक्रम सुरु भएको थियो ।


कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थित थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्र उपेक्षित हुन नहुने क्षेत्र भएको भन्दै आफू सधै यो क्षेत्रसँगै रहेको बताए । राष्ट्रको विकासको मापदण्ड कला क्षेत्र पनि भएको भन्दै उनले यसको विकासका लागि सरकार हातेमालो गर्न तयार भएको बताए ।


‘फान अवार्ड’मा उत्कृष्ट हुन सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः

१.उत्कृष्ट फिल्मः पशुपति प्रसाद

२.उत्कृष्ट नायकः आर्यन सिग्देल(क्लासिक)

३.उत्कृष्ट नायिकाः नम्रता श्रेष्ठ(क्लासिक)

४.उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)

५.उत्कृष्ट हाँस्य कलाकारः विल्सन विक्रम राई(अधकट्टी)

६.उत्कृष्ट खलपात्रः विपिन कार्की(पशुपति प्रसाद)

७.उत्कृष्ट सह-अभिनेताः जीतु नेपाल(वडा नम्बर ६)

८.उत्कृष्ट सह-अभिनेत्रीः रोमी घिमिरे(क्लासिक)

९.उत्कृष्ट नव-अभिनेत्रीः साम्राज्ञीराज्य लक्ष्मी शाह(ड्रिम्स)

१०.उत्कृष्ट नव-अभिनेताः पल शाह(नाई नभन्नु ल ४)

११.उत्कृष्ट चरित्र अभिनेताः रमेश वुढाथोकी(भाग् सानी भाग्)

१२.उत्कृष्ट चरित्र अभिनेत्रीः लक्ष्मी गिरी(प्रेमगीत)

१३.उत्कृष्ट नव-निर्देशकः भूवन केसी(ड्रिम्स)

१४.उत्कृष्ट छायांकारः संजय लामा र पुरुषोत्तम प्रधान(ड्रिम्स)

१५.उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल(क्लासिक)

१६.उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(वडा नम्बर ६)

१७.उत्कृष्ट गायकः यूवराज चौलागाई(क्लासिक)

१८.उत्कृष्ट गायिकाः अन्जु पन्त(प्रेमगीत)

१९.उत्कृष्ट गीतकारः डाक्टर कृष्णहरि बराल(प्रेमगीत)

२०.उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी(भैरव)

२१.उत्कृष्ट नृत्य निर्देशकः शंकर वीसी(वडा नम्बर ६)

२२.उत्कृष्ट संवादःदीपकराज गिरी(वडा नम्बर ६)

२३.उत्कृष्ट पटकथाः रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी कबड्डी)

२४.उत्कृष्ट कथाः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)



कलाकार संघको अवार्डमा आर्यन र नम्रता उत्कृष्ट(फोटो फिचरसहित)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts