Subscribe Twitter FaceBook

Pages

Saturday, July 2, 2016

‘जुनार’काे जिल्लामा किबीको व्यावसायिक खेती

Advertisements:

Kiwi,-Final

१८ असार, सिन्धुली । सिन्धुली जिल्लाको पूर्वी गाविस महादेवडाँडामा किबीको व्यावसायिक खेती र किबी उत्पादन सुरु भएको छ । महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गर्नुभएको हो । गत वर्षबाट नै उहाँको बगैँचामा किबीको उत्पादन सुरु भइसकेको कार्कीले बताए।


कार्कीले किबीको फल मात्र हैन बिरुवा समेत उत्पादन गर्ने गर्नुभएको छ । गत साल पाँच क्वीन्टल किबी बेच्नुभएका कार्कीले यसवर्ष भने राम्रो उत्पादन भएकाले राम्रो कमाइ हुने आशा व्यक्त गरे ।


कार्कीले यसवर्ष किबीका एक हजार भन्दा बढी बिरुवा उत्पादन र बिक्री गरेको बताए। बिरुवाको माग अधिक रहेकोले बिरुवा उत्पादन सुरु गरेको हुँ ’ उहाँले भन्नुभयो “किबीको प्रति बिरुवा ३०० देखि रु ३५० रूपैयाँमा बिक्री हुन्छ ।” उनको किबी खेतीबाट प्रभावित बनेर जिल्लाका अन्य गाविसका किसानले समेत किबीको व्यावसायिक खेती सुरु गर्न थालेका छन् ।


कार्कीले व्यावसायिक रुपमा किबी खेतीका साथै विभिन्न नगदेबाली र जडीबुटीको खेती सुरु गर्नुभएको छ । बगैँचामा करिब एकहजार ५०० बोट किबी छन्, भने किबी बाहेक स्याउ, ग्राउन एप्पल, बोझोलगायतको व्यावसायिक खेती गरिएको छ ।


महादेवडाँडा गाविसकै अन्य किसान र तोस्रामखोला, रतनचुरालगायत गाविसका किसानले पनि व्यावसायिक रुपमै किबीखेती सुरु गरिसकेको कार्कीले बताए ।


किबीलाई बहुउपयोगी फल मानिन्छ । यस फलको बजार मूल्य प्रतिकिलो ५०० देखि रु १२ सय रूपैयाँसम्म पर्ने गर्दछ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किबीको बिरुवा पुस महिनामा रोप्न सकिने कृषि प्राविधिकको भनाइ छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने किबीको बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ ।


उत्पादन र आम्दानीका हिसाबले किबीखेती राम्रो मानिए पनि यसको सम्भावना रहेका स्थानमा पनि किबीखेती गर्न सकिए आयस्तर उकास्नुका साथै खाली जमिनको पनि सदुपयोग गर्न सकिने छ ।


किबीखेतीको उत्पादन र व्यवसाय वृद्धिमा सम्बन्धित निकायले बेलैमा चासो देखाउनु आवश्यक देखिन्छ ।




‘जुनार’काे जिल्लामा किबीको व्यावसायिक खेती
Advertisements:

0 comments:

Post a Comment

Recent Posts