Subscribe Twitter FaceBook

Pages

Friday, July 8, 2016

अब आवाजबाट बिजुली निक्लने, ‘विजुली मेसिन’ नाम दिएर बन्यो यस्तो चलचित्र

Advertisements:

bijuli machine

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गरेको पनि केहि महिना भैसक्यो । प्रधानमन्त्रीको यो योजना सफल होला वा बोलीमै रहला, त्यो समयले नै बताउनेछ । तर, केही यूवाहरुले भने अब आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर देखाउन खोज्दैछन् ।


चलचित्रको पर्दामा आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर प्रमाणित गर्न खोजिएको छ । नविन अवालले निर्देशन गरेको चलचित्र ‘बिजुली मेसिन’ले यस्तै कथा भनेको छ ।


प्लस टु पढ्ने २ विद्यार्थीको सोचलाई चलचित्रमा उतारिएको छ । निर्देशकले भने-‘यो चलचित्र विज्ञान पढ्ने विद्यार्थीको मात्र कथा होइन । यो देशलाई केही नयाँ दिउ भन्न सम्पूण यूवाको कथा हो ।’ यो चलचित्र भदौ ३१ गतेबाट नेपालभर रिलिज हुँदैछ ।


चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, वुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिकामा देखिएका छन् भने राजेश हमालको विशेष भूमिका रहेको बताइएको छ । चलचित्रमा रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी छ ।



अब आवाजबाट बिजुली निक्लने, ‘विजुली मेसिन’ नाम दिएर बन्यो यस्तो चलचित्र
Advertisements:

0 comments:

Post a Comment

Recent Posts