Subscribe Twitter FaceBook

Pages

Friday, July 8, 2016

पोर्चुगलको तीतो यथार्थः फान्सलाई पछिल्ला १० भेटमा हराउन सकेको छैन

Advertisements:

Cristiano_Ronaldo


काठमाडौं । पोर्चुगलले आगामी आइतबार राति युरोकपको उपाधिका लागि घरेलु टोली फ्रान्सबिरुद्ध मैदानमा उत्रने एकातिर छ भने फ्रान्सबिरुद्धको पछिल्ला १० खेलमा जित हात पार्न नसकेको तीतो यथार्थपनि उसामू छ ।


एक दिनअघि क्रिष्टियानो रोनाल्डो र उनका साथीहरुले वेल्सलाई २-० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले विश्व बिजेता जर्मनीलाई समान गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ ।


तर, दुई युरोपियन महारथीबीचको पछिल्ला नतिजा भने पोर्चुगलको पक्षमा छैन । उसले सन् १९७५ को मार्चदेखि अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन ।


त्यतिबेला मैत्रिपूर्ण खेलमा २-० को जित हात पारेको पोर्चुगलले त्यसयता फ्रान्सलाई हराउन नसकेको ४ दशक भइसकेको छ ।


पोर्चुगलले यसक्रममा सन् २००० को युरोको सेमिफाइनल र २००६ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । त्यसअघि ठूला प्रतियोगिता अन्तर्गत सन् १९८४ को युरोको सेमिफाइनलमा पनि पोर्चुगल फ्रान्ससँग हारेको थियो ।


बिहीबारको प्रदर्शन प्रमाणको रुपमा रहेको छ कि उसको उत्साही प्रदर्शनले विश्वबिजेता जर्मनी मार्सेलीमा निरिह बनेको थियो । अव रोनाल्डो र उनका टिममेटहरुका लागि आइतबारको फाइनल कठिन चुनौतिको रुपमा रहेको छ ।


यद्यपि रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डो विश्वस्त छन् कि युरोपियन च्याम्पियनसीपमा अहिलेसम्म हात नपरेको सफलता यस समरमा हात पर्नेछ ।


१२ बर्षअघि गि्रससँगको फाइनलसँगको तुलना गर्दै पत्रकारले सोधेको प्रश्नमा रोनाल्डोले भनेका छन् कि ‘यसमा निक्कै फरक छ । त्यतिबेला म १८ बर्षको थिएँ र मेरोलागि त्यो पहिलो ठूला प्रतियोगिता र पहिलो फाइनल थियो ।’


रोनाल्डोले थपे, अहिले १२ बर्ष बित्यो र हामी फेरि ठूला प्रतियोगिताको फाइनलमा उत्रिएका छौं । मैले जहिलेपनि पोर्चुगलका लागि उपाधि जित्ने सपना देखेको थिएँ, आशा गर्छु कि अहिलेको समय हाम्रो हो ।’


तर, फ्रान्सेली नायक एन्टोइन ग्रिजम्यान आफ्नो प्रेरणामा जर्मनीलाई हराउँदै फाइनलमा पुगेपछि अव पोर्चुगलबिरुद्ध पनि यस्तै प्रदर्शनको अपेक्षा राख्छन् ।


उनको २ गोलको सहयोगमा जर्मनीलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो । प्रतियोगितामा अहिलेसम्मको सर्बाधिक छैटौं गोल गरेका उनी मार्सेलीको रोमाञ्चक र भावनात्मक खेलका नायक बने ।


‘हामी अत्यन्तै खुसी छौं कि हामी जुलाई १० मा हुने फाइनलको सपना लिएर प्रतियोगिता सुरुवात गरेका थियौं’ ग्रिजम्यानले भने, ‘तर हामीसँग अझै एक खेल बाँकी छ । समर्थकहरु माझ यो एकदमै शानदार अनुभव रहृयो कि फाइनलमा पनि हाम्रो प्रदर्शन यस्तै हुनेछ । हामी प्रतियोगिताको शानदार अन्त्य गर्न चाहन्छौं ।’



पोर्चुगलको तीतो यथार्थः फान्सलाई पछिल्ला १० भेटमा हराउन सकेको छैन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts