Subscribe Twitter FaceBook

Pages

Wednesday, July 13, 2016

बजारमा तरकारी छोइनसक्नु ! गुन्द्रुकको भाउ दोब्बर भयो

Advertisements:

Kalimati-tarkari-bazzar२८ असार, काठमाडौं । असार सकिनै लाग्दा बजारमा तरकारीको भाउ उच्च दरमा बढिरहेको छ । विशेष गरी हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।


कालीमाटी बजारमा नै हरियो तरकारी छोइनसक्नु भएपछि शहरका विभिन्न भागमा रहेका खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारण निकै मारमा परेका छन् ।


एक सातायता काठमाडौंको मुख्य कालीमाटी बजारमा काउली, मुला, भन्टा, बोडी घीउसिमी, तितेकरेला, कोसा भटमास, परवल, चिचिन्डो, घिरौंला, स्कुस, हरियो प्याज र लसुनको मूल्य उच्च दरमा बढेको छ ।


साताभरमा गुन्द्रुकको मूल्य सबैभन्दा धेरै बढेको छ । एक साता अघि ९५ रुपैयाँ प्रतिकिलो औसत खुद्रामा पाइने गुन्द्रुक एकाएक २ सय १५ रुयौयाँ पुगेको छ । एकैपटक किलोमा गुन्द्रुक १ सय २० रुपैयाँले बढेको हो ।


चिचिन्डोको मूल्य पनि सबैभन्दा माथि उक्लिएको छ । चिचिन्डो अहिले प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ । एकसाता अघिसम्म यसको मूल्य २३ रुपैयाँको हाराहारीमा थियो ।


यसैगरी स्थानीय काउली एक साताअघि खुद्रामा प्रतिकिलो ५५ रुपैयाँ थियो । अहिले काउलीको मूल्य औसतमा ८५ रुपैयाँ पुगेको छ ।


सेतो मुलामा २५ प्रतिशत मूल्य बढेर अहिले खुद्रामा औसत ३५ देखि ४० रुपैयाँ भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।


त्यसैगरी भन्टामा पनि २८ प्रतिशत मूल्य बढेर प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ । बोडीमा ४५ प्रतिशतसम्म मूल्य बढेको छ । एकसाता अघि प्रतिकिलो ४५ रुपैयाँ रहेको बोडी ६५ देखि ७० रुपैयाँ भएको छ ।


घिउसिमी पनि किलोमा १० रुपैयाँ महंगिएर खुद्रामा औसत ७५ रुपैयाँमा उक्लिएको छ । भटमासको कोसा अहिले १ सय २५ रुपैयाँ पर्न थालेको छ । एकसाता अघि भटमासको मूल्य प्रतिकिलो ८५ रुपैयाँ थियो ।


तितेकरेलामा पनि उपभोक्ताले एक सातामै ४५ प्रतिशत मूल्यवृद्धि खेपेका छन् । ४५ रुपैयाँको करेला अहिले ६५ नतिर्ने ग्राहकले जोख्नै पाउँदैनन् । सात दिन अघिसम्म किलोको ३५ रुपैयाँमा पाइने परबल अब ५० रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।


घिरौंलामा ४५ प्रतिशतले मूल्य बढेको छ । घिरौंलालाई अब प्रतिकिलो ६५ देखि ७० रुपैयाँ तिर्नुपर्छ । एकसाता अघि घिरौंला ४५ रुपैयाँमा पाइन्थ्यो ।   रायो, पालुंगो, चम्सुर, तोरीको साग, मेथीको साग र च्याउमा पनि १५ प्रतिशतसम्म मूल्य बढेको छ ।


हरियो लसुन र धनियाँमा पनि प्रतिकिलो ४५ प्रतिशत वृद्धि देखिएको छ । एक साता अघि ४५ रुपैयाँ प्रतिकिलो रहेका यी सागहरु अहिले किलोको हरियो प्याज एकैपटक ५५ प्रतिशत महंगिएको छ ।


एकसाताअघि ७५ रुपैयाँ प्रतिकिलोमा पाइने हरियो प्याज अहिले १ सय १५ रुपैयाँ नाघेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।


अहिले बजारमा गोलभेडाको मूल्य किलोको एक सय रुपैयाँको हाराहारीमा छ । आलु किलोको ५५ रुपैयाँसम्म पर्छ । गाजर किलोको १ सय २५ रुपैयाँ पुगेको छ भने लौका र पिँडालु ५५ र तामा १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।


किन बढ्यो तरकारीको भाऊ ?


तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरे वषर्ायाममा तराईमा तरकारी कम उत्पादन हुँदा मूल्य बढिरहेको बताउँछन् ।


अहिले तराईमा पानी जम्ने भएकाले ठूलो मात्रामा तरकारी उत्पादन हुँदैन । वर्षभरि पहाडी भेग र भारतबाट आउने तरकारीमा राजधानीको बजार निर्भर हुने भएकाले मूल्य बढ्नु स्वभाविक भएको उनको तर्क छ ।


‘पहाडी क्षेमा उत्पादन भएका सबै तरकारी पनि बाटोका कारण ल्याउन सकिँदैन’ घिमिरेले भने- ‘वर्षाका कारण तराईमा पनि तरकारीको उत्पादन पर्याप्त छैन । त्यसैले मागअनुसार आपूर्ति नहुँदा बजारमा मूल्य बढिरहेको छ ।’


घिमिरेले बजारमा महंगो तरकारी आउने क्रम भदौसम्म चलिरहने बताए । उत्पादन, आपूर्ति र मागको अनुपात नमिल्दा उपभोक्ताले महंगोमा तरकारी किन्नपर्ने भएको छ ।



बजारमा तरकारी छोइनसक्नु ! गुन्द्रुकको भाउ दोब्बर भयो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts