१ साउन, काठमाडौं । टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गर्यो । तर, यो असफल भएको देखिएको छ ।
जनता सडकमा उत्रिएपछि विद्रोही सैनिकको एक दलले आत्मसमर्पण गरेको छ । राष्ट्रपति अर्दोआनाले लोकतन्त्र बताउन सडकमा आउन आहृवान गरेका थिए ।
उनका समर्थक अहिले सडकमा आएका छन् र सत्ता कब्जाको प्रयास असफल भएको छ । तर, मानिसको आक्रोस थामिएको छैन । उनीहरुले आत्मसमर्पण गर्नेहरुमाथि आक्रमणको प्रयास गरेका छन् । विद्रोही सैनिकलाई मुस्किलले जोगाएर पुलिसको सवारी साधानमा राखेर लगिएको छ ।
२०७३ साउन १ गते १५:०३ मा प्रकाशित
टर्कीमा सैन्य कू गर्न खोज्नेहरु जनतासँग हारे (फोटो फिचर)
0 comments:
Post a Comment