Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

समर्थन खोज्दै अनसन स्थल पुगे प्रचण्ड, भन्छन्, माइत फर्किए जस्तै भो

Advertisements:

prachanda with upendra


३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुलामञ्च पुगेर संघीय गठवन्धनको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।


आफ्नो नेतृत्वमा सरकार बनेपछि माग पुरा गर्ने भन्दै प्रचण्डले अनसन स्थगित गर्न र आफ्नो नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउन आग्रह पनि गरे ।


मधेसी जनजाति लगायतले उठाएको पहिचानको एजेण्डा आफ्नो समेत भएको भन्दै उनले आफूलाई माइत फर्किएको अनुुभव भएको सुनाए ।


शुक्रबार दिउँसो साढे तीन बजेतिर अनसनस्थलमा पुगेका प्रचण्डलाई संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध ढाल्न सहयोग गर्ने बताए । तर, नयाँ सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय भइनसकेको बताएका छन् ।


मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।



समर्थन खोज्दै अनसन स्थल पुगे प्रचण्ड, भन्छन्, माइत फर्किए जस्तै भो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts