Subscribe Twitter FaceBook

Pages

Saturday, July 16, 2016

ग्रान्डी अस्पतालमा मृगौला प्रत्यारोपण थालियो

Advertisements:

operation-shalyakriya

३१ असार, काठमाडौं। काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सुरु भएको छ । दक्ष तथा अनुभवि डाक्टरहरुको टिमले गत असार २७ गतेदेखि मृगौला प्रत्यारोपण शल्यक्रिया सुरू गरेको हो ।


ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पहिलोपटक काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै सहोदर बहिनी उमा लामाले मृगौला दान गरेकी थिइन् ।


मृगौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा.प्रेमरमज ज्ञवालीले गरेका थिए भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्यासिंह शाहले गरेकी थिइन् । मृगौला प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल, डा. सुरेन्द्र बिक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सकृय सहभागिता थियो ।


त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारीराज उप्रेतीले गरेका थिए भने उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता थियो ।


उमा लामाको मृगौला रबिन लामाको शरिरमा प्रत्यारोपण गर्न जम्मा ३ घण्टा ३३ मिनेट समय लागेको प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । चारदिन अघिमात्र मृगौला प्रत्यारोपण शल्यक्रिया गरिएका बिरामीहरुको स्वास्थ्य स्थिति हाल सामान्य भइसकेको र उनीहरु अस्पतालबाट डिस्चार्ज हुनका लागि तयार रहेको समेत प्रा.डा. ज्ञवालीले बताए । काठमाडौंका निजी अस्पतालमा मृगौला प्रत्यारोपण शल्यक्रिया शुरु गर्ने ग्रान्डी पहिलो अस्पताल हो ।


ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको अत्याधुनिक अप्रेशन थियटर र बिश्वस्तरका उपकरणहरुको सहयोगमा बिशिष्ट शल्यक्रियाहरु सम्भव हुने गरेको छ ।



ग्रान्डी अस्पतालमा मृगौला प्रत्यारोपण थालियो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts