Subscribe Twitter FaceBook

Pages

Monday, July 4, 2016

कृषि व्यवसाय राष्ट्र निर्माणको आधारः उपराष्ट्रपति पुन

Advertisements:

२० असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको मुहार परिवर्तन गर्न कृषि कर्ममा युवाहरुको सहभागीता अनिवार्य रहेको बताएका छन् ।


Pasangफोर एच नेपालले सोमबार आयोजना गरिएको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ ।’


यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु पर्ने र युवाहरुको प्रतिनिधित्व र निर्णायक भूमिका रहनुपर्ने उनले बताए ।


सम्मेलनलाई सम्बोधन गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले ०४६ पछि नेपालमा पहिलोपटक कृषिले प्राथमिकता पाएको दाबी गरे । यो वर्षबाट कृषकको बीमा गरिने र कृषिलाई व्यवसायीकरणका लागि आधारहरु तय गरिने उनले बताए ।


कार्यक्रममा नेपालस्थित इजरायली राजदूत यारोन मायरले इजरालले नेपालसँगै अझै सहकार्य गर्न तयार रहेको बताए । उनले इजरालको प्रविधि नेपाल भित्र्याउनका लागि नयाँ सहमति गर्न पनि आफूहरु तयार रहेको बताए ।


प्रथम युवा कृषि उद्यम सम्मेलनमा ५० जिल्लाबाट १ सय ५० जना युवा कृषक र उद्यमीहरुको सहभागिता छ । कार्यक्रम दुई दिनसम्म चल्ने फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।



कृषि व्यवसाय राष्ट्र निर्माणको आधारः उपराष्ट्रपति पुन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts