Subscribe Twitter FaceBook

Pages

Tuesday, July 5, 2016

पहिले बेलायतलाई ईयूबाट बाहिर ल्याए, अब आफ्नो जिन्दगी फिर्ता माग्दैछन्

Advertisements:

nigel-farage


काठमाडौं । बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्न जबरजस्त अभियान चलाएका युनाइटेड किङडम इन्डिपेन्डेन्स पार्टी (यूकेआईपी)का नेता नाइजेल फराजले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


हालै भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरने पक्षको जित भएको थियो । फराजले भनेका छन्, मैले आफ्नो काम गरेँ ।’


साथै उनले आफ्नो निर्णय परिर्वतन नहुने बताए । उनले भनेका छन् कि उनी कहिल्यै राजनीतिज्ञ बन्न चाहँदैनथे । बेलायतलाई ईयूबाट बाहिर ल्याउने उद्देश्यले मात्र बिजनेस छाडेर राजनीतिमा आएका थिए ।


आफ्नो उद्देश्य पुरा भएको भन्दै उनले यो भन्दा धेरै केही पाउन नचाहेको बताए । उनले भने, जनमत संग्रहका क्रममा मैले भनेका थिएँ कि मलाई मेरो देश फिर्ता चाहियो । अब म भन्छु मलाई मेरो जिन्दगी फिर्ता चाहियो ।’


यद्यपि उनले पार्टीलाई समर्थन गरिरहने बताए । नाइजल फराजले भनेका छन् कि अब बेलायतलाई ब्रेक्सिट प्रधानमन्त्रीको आवश्यकता छ ।


साथै उनले आफ्नो पार्टी यूकेआईपीको अबको अभियान युरोपियन युनियनबाट बाहिर आएपछि भएको घाटा कम गर्ने कोसिसमा लाग्ने बताएका छन् ।


नाइजेल फराज ८ वर्षदेखि यूकेआईपीका नेता थिए ।



पहिले बेलायतलाई ईयूबाट बाहिर ल्याए, अब आफ्नो जिन्दगी फिर्ता माग्दैछन्
Advertisements:

0 comments:

Post a Comment

Recent Posts