Subscribe Twitter FaceBook

Pages

Thursday, July 14, 2016

कंगनासँगको विवादमा साथ नदिनेलाई ऋतिकको कडा जवाफ

Advertisements:

pooja and hritik

बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनावतविचको लफडाले लामो समय मिडियामा समाचार बन्यो । कंगनाले ऋतिक र आफूविचको लफडामा धेरै कुरा बोलेपनि ऋतिक भने मौन थिए ।


आफू अभिनित चलचित्र ‘मोहेनजो दारो’को पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नलाई ऋतिकले उपयुक्त ठाउँ नभएको भन्दै टारिदिए । आशुतोष गोवारिकरले निर्देशन गरेको यो चलचित्रमा ऋतिकसँगै नायिका पूजा हेगडे मुख्य भूमिकामा छिन् । पत्रकारले ऋतिकलाई कंगनासँगको विवादको प्रश्न गर्दा उनले भने-‘म सही स्थानमा यो बिषयमा कुरा गर्नेछु ।’


अर्का एक पत्रकारलाई ऋतिकलाई यो विवादमा कंगनालाई धेरै कलाकारले साथ दिए नी भनेर प्रश्न गर्दा उनले भने-‘यदि तपाई सत्य हुनुहुन्छ भने कसैको साथको आवश्यकता पर्दैन ।’


ऋतिक र कंगनाविच प्रेम सम्बन्ध थियो भन्ने कुरा यी दुइको तस्बिरले पनि पुष्टी गरिसकेको छ । तर, प्रेमबाट अलग भएपछि यो जोडीले केही महिना विवादमा नै समय बिताएको थियो ।



कंगनासँगको विवादमा साथ नदिनेलाई ऋतिकको कडा जवाफ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts